एनआरएनए र स्थानीय संस्थाहरुबीचको सहकार्यलाई आगामी नेतृत्वले प्राथमिकता दिनु पर्दछ-देबराज न्यौपाने

दूरबिन नेपाल     १ जेष्ठ २०७६, बुधबार ०१:०९    

नेपालमा हुँदा देखि नै मिन भवन क्याम्पसको स्ववियू सभापति भएर विद्यार्थी राजनीति र सामाजिक गतिविधिमा सक्रिय देवराज न्यौपाने बिगत १३ बर्षदेखि अस्टिन टेक्ससमा बसोवास गर्छन्। ग्रेटर अस्टिन नेपाली सोसाईटी (ग्यान्स) को निवर्तमान अध्यक्ष न्यौपाने अस्टिनमा एक सक्रिय सामाजिक व्यक्तित्वका रुपमा चिनिएका व्यक्ति हुन्। नेपाली समुदायका लागि सदैव सहयोग गर्न तत्पर न्यौपाने बालबालिकाका लागि नेपाली भाषा पाठशाला, स्वास्थ्य शिविर, रक्तदान, ईमिग्रेशनका समस्या, लगाएत अस्टिनमा नेपाली सामुदायिक केन्द्र निर्माण अभियानमा समेत सक्रिय छन्।

आफ्नो अनुभव र ज्ञानलाई मन बचन र कर्मले नेपाली समुदायको हितमा प्रयोग गर्ने उद्देश्यले उनले एनआरएनए अमेरिकाको जारी निर्वाचन प्रक्रियामा बोर्ड अफ डिरेक्टर पदका लागि उम्मेदवारी दिएका छन्। गुटगत स्वार्थ भन्दा माथि उठेर निश्वार्थ, क्षमतावान र लगनशील समाजसेवीहरुलाई पहिचान गरी निर्वाचित गर्न सकियो भने मात्र हामी सबैको प्रतिनिधित्व गर्न सक्ने “हाम्रो र राम्रो एनआरएनए” बन्न सक्ने बिचार राख्ने न्यौपाने आफू निर्वाचित भएमा नेपाली समुदायको हितमा स्थानीयहरुको अभिरुचिको काम गर्न सहयोगी हुने लक्ष्य राखेका छन्। एउटा व्यवस्थित र पद्धतिबाट संचालित एनआरएनए आजको आवश्यकता हो भन्ने बुझेका न्यौपाने एनआरएनए अमेरिका र नेपाली समुदायका लागि काम गरिरहेका स्थानीय संस्थाहरुबीचको सहकार्यलाई विशेष जोड् दिनु पर्ने पक्षमा छन्।

तस्बिर: देवराज न्यौपानेको फेसबुकबाट


१ जेष्ठ २०७६, बुधबार ०१:०९ मा प्रकाशित