हाम्रो लागि हाम्रो एनआरएनए भन्ने भनाईलाई सार्थक बनाउन सक्रिय हुनेछु- पदम ठकुराठी

दूरबिन नेपाल     १ जेष्ठ २०७६, बुधबार ०२:१८    

भारतको नैनीताल युनिभर्सिटीबाट अंग्रेजी विषयमा मास्टर्स डिग्री गरेका डढेल्धुराका पदम ठकुराठी ११ बर्ष देखि टेक्ससको राजधानी शहर अस्टिनमा बस्दै आएका छन्।

ग्रेटर अस्टिन नेप्लिज सोसाइटीमा दुई कार्यकाल उपाध्यक्ष भएर नेपाली समुदायका लागि काम गरेका ठकुराठी एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरको वर्तमान महासचिव हुन्। टेक्सस च्याप्टरमा रहेर नेपाली समुदायका लागि विविध सामाजिक गतिविधिहरु संचालनमा महत्वपूर्ण भूमिका निभाएका ठकुराठीलाई एनआरएनए अमेरिकाको राष्ट्रिय समन्वय परिषदमा रहेर अझ धेरै सामाजिक काम गर्ने ईच्छा भएकैले आसन्न निर्वाचन प्रक्रियामा बोर्ड अफ डिरेक्टरमा उम्मेदवारी दिएका हुन्।

अस्टिनमा व्यवसाय गरिरहेका ठकुराठी व्यवसाय संगसंगै ‘हाम्रो लागि हाम्रो एनआरएनए’ भन्ने भनाईलाई सार्थक बनाउन चाहन्छन् र त्यसैले एनआरएन अभियानमा संलग्न छन्।

तस्बिर: पदम ठकुराठीको फेसबुकबाट


१ जेष्ठ २०७६, बुधबार ०२:१८ मा प्रकाशित