अमेरिकामा रहेका नेपालीको ‘समृद्धि र पहिचान’का लागि मेरो उम्मेद्बारी : रोशन अधिकारी

दूरबिन नेपाल     १ जेष्ठ २०७६, बुधबार ०३:०४    

अमेरिका, १४ मे।गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको सदस्य पदमा युवा रोशन अधिकारीले अमेरिकामा रहेका नेपालीको ‘समृद्धि र पहिचान’का लागि उम्मेद्बारी दिएको बताएका छन ।
अधिकारी भन्छन्,-‘अमेरिकामा रहेका नेपालीहरुको हक-अधिकारलाई सुनिश्चित गर्दै नेपालीहरुको भाषा, भेषभूषा, चाडपर्व, संस्कृति, रीतिरिवाज, परम्पराको संरक्षण गरी नेपालीहरुको समृद्धि र पहिचान सुनिश्चत गराउन मैले उम्मेद्वारी दिएको हुँ ।’
क्यालिफोर्निया च्याप्टरको वर्तमान सचिवको रुपमा कार्य गरिरहेका अधिकारी नेपालदेखी नै बिभिन्न संघ संस्थामा रही कार्य गरिसकेका छन ।

१ जेष्ठ २०७६, बुधबार ०३:०४ मा प्रकाशित