ल्होत्सेमा वुल्गेरियन आरोहीको मृत्यू, सगरमाथामा दुई भारतीय सैनीकले ज्यान गुमाए

जाड्गबु शेर्पा - दूरबिन नेपाल     ३ जेष्ठ २०७६, शुक्रबार १८:१५    

जाड्गबु शेर्पा – दूरबिन नेपाल

अमेरिका मे १७ । विश्वकै अग्लो चौथो शिखर ल्होत्से आरोहण गरेर फर्कने क्रममा एक जना वुल्गेरियन पर्वतारोही मत्यू भएको छ ।

 

वुल्गेरियन नागरिक इभान युरिभ शेर्पा सहयोगी र विना अक्सिजन ल्होत्से आरोहण गरि फर्कदै थिए ।

 

उनलाई ल्होत्सेको चौथो शिविरमा मृत अवस्थामा फेला परेको मकालु एक्सट्रिम ट्रेकर्सलेजनाएको छ । मकालु एक्सट्रिमका अनुसार उनी विना सहयोगी आरोहणमा गएकोले फर्कने क्रममा विरामी परेका हुन् ।

 

ल्होत्से आरोहण इभानले ८ हजार मिटर भन्दा माथिको दुइ हिमाल मनास्लु, व्रोड पिकको सफल आरोहण गरिसकेका थिए ।

 

दुई भारतीय पर्वतरोहीको मृत्यू

 

यसै विच सर्वोच्च शिखर सगरमाथा आरोहण गरि फर्कदै गर्दा दुइ भारतीय पर्वतारोहीको मृत्यू भएको छ । सेभेन समिट ट्रेकर्सका अनुसार माइडे इन्डियन आर्मी एक्सपिडिसको समूहमा रहेका एक पर्वतारोही रवी सिंह करिव ८ हजार २ सय मिटरको उचाइमा मृत अवस्थामाफेला परेका थिए । अर्का आरोही रवि थकर भने सगरमाथाको चौथो शिविरमा रहेको टेण्टभित्र मृत अवस्थामा फेला परेका थिए ।

 

दुवैले विहिवार विहान सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेकर्सले जनाएको छ ।

फोटो : गुगल

 


३ जेष्ठ २०७६, शुक्रबार १८:१५ मा प्रकाशित