न्यु जर्सी र मेरिल्याण्डमा २४ आप्रवासी पक्राउ अधिकांश अवैध र आपराधिक भएको दावी

बद्रि गौतम     ४ जेष्ठ २०७६, शनिबार ०५:२२    

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क मे १७

अमेरिकाको बाल्टिमोेरबाट विहिवार १२ जना आप्रवासीहरु पक्राउ परेका छन । उनीहरु आपराधिक गतिविधिा संलग्न रहेको आरोप लगाईएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्ट आइसीइ र बाल्टिमोरका इन्फोर्समेन्ट एण्ड रिमोभल अपरेसन इआरओका अधिकारीहरुले सो क्षेत्रमा चारदिने अपरेसन चलाई गैह्र आप्रवासीहरुलाई पक्राउ गरेका हुन । उनीहरु अधिकांश आपराधिक पृष्ठभुमिका रहेको दावी गरिएको छ । पक्राउ पर्ने १२ जनामा एक जनामात्र महिला रहेकी छिन । उनीहरु एल साल्भाडोर, ग्वाटेमाला, होण्डुरस, केन्या, मेक्सिको र जिम्बाब्वेका रहेको आइसीइले जनाएको छ । उनीहरुमाथी संघीय कानुनको उलंघन गरेको आरोपमा मुद्धा चलाइने जनाइएको छ ।


न्युजर्सीमापनि  १३ जना पक्राउ

त्यस्तै आइसीइले नेवार्क न्युजर्सीबाट १३ जना आप्रवासीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै अवैध रुपमा अमेरिकामा बसीरहेको दावी गरिएको छ । यहि मे १३ तारिख देखि १६ सम्म गरिएको अपरेसनबाट उनीहरु पक्राउ परेको आइसीइलृ जनाएको छ । पक्राउ पर्नेहरु इक्वेडर, एल साल्भाडोर मेक्सिको तथा जमैकाका रहेका छन । पक्राउपर्ने एल साल्भाडोरका नागरिक धातक हतियार र घाइते अवस्थमा रहेको आइसीइले जनाएको छ ।
एक बर्षमा डेढ लाख अवैध आप्रवासी पक्राउ
इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन इआरओका अनुसार सन २०१८मा एक लाख ५८ हजार पाँच सय ८१ जना अवैध आप्रवासी पक्राउ परेका थिए । पक्राउ परेकामा ९० प्रतिशत आपराधिक पृष्ठभुमिका रहेको दावी गरिएको छ । जुन अघिल्लो बर्षभन्दा झण्डै ११ प्रतिशतले बढि हो । आइसीइ र इआरओले बेलाबेलामा अवैध र आपराधिक पृष्ठभुमिका आप्रवासीहरुका विरुद्ध अपरेसन चलाउंदै आएको छ ।


४ जेष्ठ २०७६, शनिबार ०५:२२ मा प्रकाशित