बैरभाव किन ?

दूरबिन नेपाल     ९ जेष्ठ २०७६, बिहीबार ०६:४३    

बैरभाव किन ?

 

आएको रित्तो हात हो जानु पर्छ खालि हात नै ।

के का लागि हो झगडा आफ्नैसंग दुश्मन भै ॥

छैनौं कोही नि अजम्बरी जानु नै पर्छ कुनै दिन ।

वास्तबिकता बिर्सेर एक आपस बैरभाव किन ॥

जिन्दगिको गोरेटोमा आउँछन यहॉ अनेक कुरा ।

विश्व बन्धुत्वको भावले स्वकर्तब्य गर्ने हो पूरा ॥

किर्ति राख्न सके केही सम्झलान भावि सन्तति ।

क्षणिक आबेग बढ्यो भने बिग्रन सक्दछ मति ॥

अहंकारले हित गर्दैन गर्न सक्दछ आफ्नै खति ।

भातृत्व भाव बढाउँ हामी बैरभाव नराखी रति ॥

बन्धु पोख्रेल सन फ्रान्सिस्को


९ जेष्ठ २०७६, बिहीबार ०६:४३ मा प्रकाशित