युनाइटेड नेप्लिज एशोसीयसन युएनएको चौथो सम्मेलन शुरु “मातृभुमिको लागि मार्ग बनाउनुस” उर्जामन्त्री पुन

बद्रि गौतम     १२ जेष्ठ २०७६, आईतवार ०३:३२    

बद्रि गौतम – दूरबिन नेपाल

न्युयोर्क, मे २५ । अमेरिकामा रहेको नेपालीहरुको  संगठन युनाइटेड नेप्लिज एशोसीयसन युएनको चौंथो सम्मेलन न्युयोर्कमा शुरु भएको छ । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं उर्जामन्त्री तथा नेकपाका नेता बर्षमान पुन अनन्तले विदेशमा सफल पुस्ताले मातृभुमी नेपालको हितको लागि पहल गर्ने मार्ग तयार पार्नुपर्ने बताए ।

 

विदेशमा रहेका नेपालीहरुको लगावले कुनै दिन नेपालले उच्चतम लाभ लिन सक्ने आशा व्यक्त गरे । उदघाटन कार्यक्रममा अमेरिककाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सका सदस्य ह्यारी भण्डारीले अमेरिका अवसरको भुमी भएकोले अमेरिकी सपना पुरागर्न नेपालीले पनि सक्ने तर त्यसको लागि आफुलाई सक्षम बनाउनु पर्ने बताए ।

 

कार्यक्रममा अमेरिकाकालागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की, पूर्व सभामुख ओनसरी घर्ती, एनआरएनका निवर्तमान अध्यक्ष शेष घले तथा गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लगायतले युएनए कन्भेन्सनको सफलताको शुभकामना दिए ।

कार्यक्रममा नेपाली कला,संस्कृति, भेषभुषा झल्कने विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो । कन्भेन्सनमा विभिन्न फोरमहरु सञ्चालन गरिएको थियो । कन्भेन्सनमा सञ्चारकर्मी शैलेश श्रेष्ठले नन प्रफिट अर्गनाइजेशन सम्बन्धि अन्तरक्रिया सञ्चालन गरेका थिए । सो अन्तरक्रियामा एनआरएनका निवर्तमान अध्यक्ष शेष घले, वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो धारणा राखेका थिए भने अधिवक्ता गिरीजा गौतम र विराज भट्टले सहभागीहरुको जिज्ञाशाको जवाफ दिएका थिए ।

 

त्यस्तै सम्मेलनमा युएनए लिटल च्यालेन्ज कम्पीटीसन, स्पेलिङ बी, युथ स्पीच प्रतियोगिता जस्ता कार्यक्रमका साथै विवधि सांगीतिक कार्यक्रमहरुपनि भइरहेका छन । कार्यक्रमको समापन आइतबारे मेगा कन्सर्टको आयोजना गरि समापन गरिनेछ । सम्मेलन न्युयोर्कको इष्ट एल्महस्र्टको लागुवार्डिया प्लाजा होटलमा भइरहेको छ । युएनए कन्भेन्सन अमेरिकामा बस्ने नेपालीहरुको गैर नाफा मुलक संस्था हो । नेपालीहरुलाई अमेरिकी मुलधारसंग जोड्ने उद्धेश्य लिएको यो संस्थामा विभिन्न क्षेत्रका मानिसहरु आवद्ध छन ।


१२ जेष्ठ २०७६, आईतवार ०३:३२ मा प्रकाशित