एजेण्डाले जितेको रिपब्लिकन, नेतृत्वले जितेको भाजपा र दुवैमा हारेको नेपाली काँग्रेस

डा. अविन ओझा     १६ जेष्ठ २०७६, बिहीबार ०३:४२    

डा. अविन ओझा

प्रसँगः

सिद्धान्तत कुनै पनि राजनीतिक पार्टीले निर्वाचनको क्याम्पेनिङ्ग प्रमुखता दुई प्रश्नहरु “कसरी जितिन्छ चुनाव” र “कसले जित्दछ चुनाव” लाई केन्द्रमा राखि प्रारम्भ गर्दछ ।

 

पहिलो प्रश्नले चुनावी एजेण्डाहरुलाई प्राथमिकतामा राख्दछ भने दोस्रो प्रश्नले उत्साहि नेतृत्वको वकालत गर्दछ ।वर्तमान विश्व राजनीतिमा राष्ट्रियता, धर्म तथा साम्प्रदायिकता जस्ता मुद्दाहरुले निर्वाचन नतिजामा प्रभाव पारेको देखिन्छ । त्यसो त स्पष्ट एवं उत्साहि उमेदवार नै प्राय: निर्वाचित हुने गरेको दृष्टान्त भेटिन्छ । यस आलेखमा राजनीतिको प्रमुख दुइ विङ्गस “राईट र लेफ्ट” मध्ये व्यवहारत आफूलाई “राईट विङ्गस” मा राख्ने अमेरिकाको रिपब्लिकन पार्टी, भारतको भारतीय जनता पार्टी र नेपालको नेपाली काँग्रेस पार्टीको पछिल्लो निर्वाचनको परिणामका केही समसामयिक सन्दर्भहरुमा  चर्चा गरिएको छ ।

 

एजेण्डाले जितेको रिपब्लिकन

 

शुरु गरौ,  रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प बाट । उनले निर्वाचन जित्ने या उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनेमा स्वयम् आफै बाहेका अरुले सायदै कल्पना गरेका थिए । मुलधारका मिडियाको सर्वेक्षण या प्रक्षेपणमा उनी सँधै पराजित भए ।

तर जनताको अभिमतले उनलाई सानदार रुपमा अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित गरायो । जुन नतिजलाई विश्वभरका राजनीतिक पण्डितहरुले आश्चर्यको नतिजा माने । यर्थाथमा विकसित मुलुकमा निर्वाचनको नतिजा धेरै हदसम्म उमेदवारको चुनावी एजेण्डा या नारा ले निर्धारण गर्दछ ।

 

ट्रम्प, हिलारी भन्दा निकै अलोकप्रिय एवं अराजनीतिक व्यक्ति हुदाँ–हुदै पनि निर्वाचन के कारण ले जिते त ? यसको उत्तर सबै सँग छ । उनको स्पष्ट ऐजेण्डाका कारण । उनले चुनावी क्याम्पियनका  क्रममा जे जस्ता मुद्दा उठाए ती मुद्दा अलोकप्रिय लागे पनि आफ्नो एजेण्डामा ट्रम्प भने निकै स्पष्ट थिए  । उनी आफ्ना एजेण्डा प्रति अडिग एवं उत्साहि थिए । आज पनि उनी आफ्ना चुनावी एजेण्डा पुरा गर्न तल्लो सदनमा आफ्नो बहुमत नहुदा–नहुदै पनि लागि परेका छन् । गभर्मेन्ट सट डाउन गर्न देखी भिटो प्रयोग गर्न सम्म पछि परेका छैनन् ।  यो ठिक की वेठिक, प्रजातान्त्रिक कि अप्रजातान्त्रिक यसको बहस आफ्नै ठाँउमा होला । यहाँ प्रसँग उठान गर्न खोजिएको तथ्य यो हो कि उनले स्पष्ट चुनावी एजेण्डाका कारण निर्वाचन जिते ।

 

नेतृत्वले जितेको भाजपा

 

अर्को प्रसँग हेरौ, भारतामा भाजपाको लहर । अघिल्लो निर्वाचनमा मेदीमय भएको भारतमा अहिले पनि मोदीको आँधीको कहर उस्तै छ । काँग्रेस आई पुन पराजित हुनुमा स्पष्ट चुनावी एजेण्डा नहुनका साथै निर्वाचन पश्चात प्रधानमन्त्री को भन्ने कुरा जनता विच स्पष्ट पार्न नसक्नु हो ।

उदारण  सोनिया गान्धीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनाव जितेको काँग्रेस आईले अन्तिम समयमा मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएको इतिहास छ । यो पटक पनि राहुल गान्धी प्रधानमन्त्री हुने भनिएता पनि जनता आस्वस्त भने थिएनन् । बहुसंख्यक गरिव, धार्मिक विविधता एवं जातिय अनेकता रहेको भारतमा तुलनात्मक रुपमा लिवरल र अधिक समाजवाद उन्मुख मानिएको काँग्रेस आईको ब्याक–टु–ब्याक पराजयले विश्व राजनीतिमा अलग सन्देश पनि दिएको छ ।

 

त्यसो त पूर्ण समाजवादको वकालत गर्ने कम्युनिष्ट पार्टी त झन पत्ता साफ नै भएको छ । गैर–हिन्दुको बाहुल्यता रहेको उत्तर प्रदेशमा समेत भाजपाको जित आफैमा एउटा अलग सन्देश थियो । भाजपालाई हिन्दु अतिवादी देखी जातिवादी पार्टी सम्मका आरोप–प्रत्यारोप लागाइदा पनि मोदीले लोकप्रिय मत सहित निर्वाचनमा सानदार जित हासिल गरेका छन् । मोदीको ब्याक्तित्व एवं नेतृत्व नै जितको मुख्य आधार थियो ।

 

एजेण्डा र नेतृत्व दुवैमा  हारेको नेपाली काँग्रेस 

 

अव कुरा गरौं विश्व राजनीतिमा “राइट विङ्गस्” हावी हुँदै गइरहेको परिपेक्षमा नेपालको राजनीतिमा “लेफ्ट विङ्गस्” किन हावि भयो । अर्थात शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेस संसद भवनमा सहमतिको तालि र विरोधको गर्जन नेपथ्यमा हराउने गरि किन खुम्चियो ? माथि चर्चा गरिए झै यसको उत्तर पनि सहज छ तर प्रसंग अलिक फरक छ । काँग्रेस निर्वाचनमा पछारिनु को पछाडि पहिलो कारण निर्वाचनमा जाँदा स्पष्ट एजेण्डा लिएर जान नसक्नु ।

 

दोस्रो , निर्वाचनका समयमा प्रधानमन्त्रीको उमेदवार स्पष्ट दिन नसक्नु । जसका कारण पार्टी भित्रै प्रधानमन्त्रीका उमेदवार हुने सम्भावना बोकेका नेताका गुटहरु एक–अर्कालाई हराउने खेलमा अदृश्य रुपमा सक्रिय रहनु नै पराजयको आन्तरिक कारण थियो । ठिक त्यसको विपरित लेफ्ट विङ्गस्को प्रतिनिधित्व गर्ने तत्कालिन नेकपा एमालेको स्पष्ट भारत विरोधी एजेण्डा थियो भने निर्वाचन जितेमा प्रधानमन्त्रीको उमेदवार निर्विकल्प थियो ।

 

आज काँग्रेस राष्ट्रिय मुद्दा विहिन छ, राजनीति ऐजेण्डा विहिन छ, अनि निर्भिक नेतृत्व विहिन । परिणामत, काँग्रेस आज केन्द्रिय तह देखी वडा तह सम्म गुट उपगुटमा रुमलिएको छ ।

 

तेश्रो, प्रधानमन्त्रीका रुपमा हेरिएका नेतृत्वका कमाजोर कार्यक्षमता मुल्याङ्कन एवं फितलो व्यक्तित्व । फलत  विश्वभरमा खुम्चिदै गएको ‘लेफ्ट विङ्गस्’ नेपालमा गजवले विस्तार भयो । काँग्रेसको पराजयमा अनेकन कारण होलान । तर चुनावी एजेण्डा र उत्साहि नेतृत्वको अभाव नै लज्जास्पद पराजयको प्रमुख कारण हुन् भन्दा फरक नपर्ला । आज काँग्रेस राष्ट्रिय मुद्दा विहिन छ, राजनीति ऐजेण्डा विहिन छ, अनि निर्भिक नेतृत्व विहिन । परिणामत, काँग्रेस आज केन्द्रिय तह देखी वडा तह सम्म गुट उपगुटमा रुमलिएको छ ।

 

अन्तमा ।।।

 

निर्वाचनको शास्त्रिय सिद्धान्तले मतदाता र राजनीतिक व्यक्ति दुवै विवेकशिल हुन्छन् भन्ने मान्यता राख्दछ । तर आधुनिक परिवेशमा मतदाताहरु  विवेकशिल भन्दा पनि प्रयोगवादी र परिक्षणशील व्यवहारका हुन्छन् । निर्वाचनको व्यवहार सम्वन्धी सिद्धान्तहरुले पनि यही कुराको ब्याख्या गर्दछ । तसर्थ पनि आज निर्वाचन जित्न पार्टीको ऐतिहासिक पृष्ठभूमी, घोषणपत्र र पाको नेतृत्व मात्र काफी हुदैन । परिवर्तित समय अनुसारको नेतृत्व र नीति अपरिहार्य  हुन्छ ।

 

कायकर्ता विच भतभेद बढेको छ । युवा जमातमा निराशा छाएको छ  । उत्साही नेतृत्व, समायनुकुलका राष्ट्रिय नीति एवम नविनतम ऐजेण्डका साथ अव पनि अगाडि नबढ्ने हो भने नेपाली राजनीतिमा काँग्रेसको स्थान नेपथ्य वरीपरि मात्रै सुरक्षित देखिन्छ । 

 

समयानुकुलको पार्टी कृयाकलापको प्रचारबाजी पनि आवश्यक छ । उदारर्णथ ट्रम्प को टुइटरमा सक्रियतालाई लिन सकिन्छ । यि सबै कुरामा नेपाली काँग्रेस निकै पुरानत अवस्थबाट गुज्रेको छ । फलत लोकप्रियतामा क्रमिक ह्रास आएको छ । कायकर्ता विच भतभेद बढेको छ । युवा जमातमा निराशा छाएको छ  । उत्साही नेतृत्व, समायनुकुलका राष्ट्रिय नीति एवम नविनतम ऐजेण्डका साथ अव पनि अगाडि नबढ्ने हो भने नेपाली राजनीतिमा काँग्रेसको स्थान नेपथ्य वरीपरि मात्रै सुरक्षित देखिन्छ । 

(लेखक अमेरिकाको न्युयोर्क स्थित योर्क कलेजका प्राध्यापक हुन् ।)


१६ जेष्ठ २०७६, बिहीबार ०३:४२ मा प्रकाशित