अमेरिकाका डरलाग्दा गोली काण्डहरु अमेरिकी समाजलाई आतंकित बनाउने हत्या काण्डहरु

बद्रि गौतम     १८ जेष्ठ २०७६, शनिबार ०४:३६    

 

बद्रि गौतम, दूरबिन नेपाल, जुन १

मे ३१ तारिखको साँझ बिदा मनाउने तयारी गरिरहेका अमेरिकीहरु भर्जिनियाको बिच भन्ने स्थानमा रहेको सामुदायिक भवनमा अन्धाधुन्द गोली प्रहारबाट १२ जनाले ज्यान गुमाएको समाचार सुनेर त्रसित भए । अमेरिकामा नीजि बन्दुक बोक्न पाउने सजिलो कानुन भएकोले यसले धेरै हिंशात्मक घटना बढाइरहेको छ भने कयौको अनाहकमा ज्यान गइसकेको छ । यस्ता सयौं घटनाहरु छन, नीजि हतियारको दुरुपयोगका, अनि हजारौं मानिसले ज्यान गुमाइसकेका छन । अहिले हामी चर्चा गर्दैछौं अमेरिकामा भएका दश डरलाग्दा सामुहिक हत्या अर्थात मास सुटिङकोबारेमा

 


लास भेगास काण्डः जहाँ ५९ जनाको हत्या भयो
सन २०१७ मा अमेरिकाको लास भेगासमा भएको सामुहिक हत्याले सबैको आङ सिरिङ्ग बनाउंछ । सन २०१७ को अक्टोबर एकको रात, लास भेगासको नाभाडामा सांगितिक महोत्सब भइरहेको बेला नजिकैको होटलको कोठा भाडामा लिएर बसेका ६४ बर्षीय स्टेफेन पेड्डोकले आफु बसेको होटलको ३२ औं तलाबाट स्वाचालित हतियारको प्रयोग गरी ५९ जनाको कत्लेआम गरे । जसलाई आधुनिक अमेरिकी इतिहासकै निर्मम घटना मानिन्छ । सो घटनामा झण्डै पाँच सय मानिसहरु घाइते भएका थिए ।


प्लोरिडाको ओरलाण्डो गोली काण्डः जहाँ ४९ मानिसको चिहान बनाइयो
सन २०१६ को जुन १२ को राती मानिसहरु नाईट क्लबमा झुमिरहेका थिए । सोही बेला सेक्युरिटी गार्डको रुपमा काम गर्ने ओमार मतिनले अन्धाधुन्द गोली प्रहार गरी ४९ जनाको ज्यान लिए । ५३ जनालाई गम्भीर घाइतेपनि बनाए । ओमरले विश्वकै खतरनाक आतंकबादी संगठन आइएसआइकै लागि काम गरेको बताइयो । सो घटनालाई सन २००१ सेप्टेम्बर ११ पछिकै ठुलो आतंकवादी घटना समेत भनियो ।

भर्जिनिया टेक्नीकल स्कुल गोली काण्डः जहाँ ३२ जनाको ज्यान गयो
सन २००७ को अप्रिल १६ को दिन ब्ल्याकबक्सको भर्जिनिया टेक्नीकल स्कुलकै विद्यार्थी २३ बर्षीय सिउङ हुइ चोले आफ्नै सहपाठी र शिक्षहरुमाथी गोली चलाई ३२ जनाको हत्या गरे अनि आफुलेपनि आत्महत्या गरे ।

 

कनेक्टीकटको इलेमेन्ट्री स्कुलको गोली काण्डः जहाँ २८ जनाको हत्या भयो

सन २०१२ को डिसेम्बर १४ मा कनेक्टीकटको न्युटन भन्ने स्थानको स्याण्डी हुक भन्ने इलेमेन्ट्री स्कुलमा एकजना २० बर्षीय विद्यार्थी आदम लान्जाले जथाभावी गोली चलाई २८ जनाको ज्यान लिए । जसमा २० जना भन्दा धेरै बालबालिका थिए ।

टेक्ससको साउदरल्याण्ड स्प्रीङ काण्डः २६ जना मारिए
सन २०१७ को नोभेम्बर पाँच तारिखको दिन टेक्ससको साउदरल्याण्डमा रहेको पहिलो बापटिष्ट चर्चमा डेविड पेट्रीक केले नामक व्यक्तिले जथाभाी गोली चलाएर २६ जनाको हत्या गरे भने २० भन्दा धेरैलाई घाइते बनाए । हत्याराले किन गोली चलाए त्यसको बारेमा केही खुल्न सकेको छैन ।

सन १९९१ को किलेन गोली काण्डमा २४ जनाको हत्या भयो
टेक्ससको किलेनमा भएको सो गोलीकाण्डले संसारलाई नै चकित पारेको थियो । अक्टोबर १६ तारिखका दिन जर्ज हेनार्डले अन्धाधुन्द गोली चलाउंदा लबिस क्याप्टेरियामा लन्चको समय भइसकेको थियो । सो गोली काण्डमा २७ जना घाइते बने । गोली चलाउनुको कारण भने पत्ता लाग्न सकेन ।

 

सन १९८४ को क्यालिफोर्नियाको घटना जहां २२ जनाको ज्यान गयो

क्यालिफोर्नियाको सान यासिद्रोमा जुलाई १९ तारिखको गोलीकाण्डमा २२ जनाको हत्या भयो भने १९ जना घाइते बने । सो घटना ४१ बर्षका जेम्स हवर्टीले गराएका थिए । उनी मानसिक रोगी भएको बताइयो ।

 

सन १९६६ को टेक्सस गोली काण्डः अझै सिरिङ्ग बनाउंछ
सन १९६६ को अगष्ट एक तारिखका दिन २५ बर्षका चाल्र्स विटमेनले १८ जनाको हत्या गरि ३१ जनालाई घाइते बनाए । टेक्ससको युनिभर्सीटी अफ टेक्सस टावर सुटिङको नामले पनि चिनिने सो घटनाका आरोपी विटमेनलाई मानसिक रोगी बताइयो भने मृत्यु पछि उनको ब्रेनमा ट्युमर रहेको पुष्टि भएको थियो ।

ओक्लाहोमाको एडमण्टः जहाँ १९८६ मा १५ जनाको हत्या भयो
सन १०८६ को अगष्ट २० तारिखका दिन १५ जनाको हत्या हुने गरि गोली चलाइयो । गोली चलाउने व्यक्ति ४४ बर्षका पेट्रिक सेरिल थिए । सेरिल पहिला हुलाकका कर्मचारी थिए । तर के कारणले उनले यसरी यति धेरै मानिसहरुको हत्या गरे भन्ने खुल्न सकेको छैन । तर उनले घृणाको कारण सो हत्या गरेको अनुमान लगाइयो । सो घटनामा अन्य छ जनापनि घाइते बने ।

 


२०१५ को क्यालिफोर्निया गोली काण्डः १६ जनाको कत्ले आम भयो
डिसेम्बर २ तारिख सन २०१५मा क्यालिफोर्नियाको सन बर्नाडिनोमा भएको गोली काण्डलाई एक किसीमको आतंकवादी हत्याको रुपमा लिइन्छ । सो घटनामा १५ जनाको ज्यान गयो भने २४ जना घाइते भए । सो घटनालाई घृणा प्रेरित र आतंकवादी आक्रमणको रुपमा चित्रित गरिन्छ । हत्यामा सइिद रिजवान फारुक अनि उनकी श्रीमतीतसफीन मलिक रहेको बताइएको छ ।
अधिकांश अमेरिकीहरु बन्दुक बोक्न पाउनुलाइ आप्नो प्रतिष्ठासंग जोडदछन । यसकारण नीजि बन्दुक बोक्न पाउनु आप्नो नैसर्गिक अधिकार झैं सम्झन्छन । तर हतियार यस्तो चिज हो जुन सन्कीको हातमा पर्यो भने छणभरमै सबै तवाही हुन सक्छ । कोही मानिस मन परेन अथवा आफुले काम गरिरहेको स्थान आफुलाई मन परेन भने नीजि बन्दुक बोक्यो अनि चलायो जो देख्यो त्यहिलाई । मास सुटीङका धेरै घटनामा यस्तै भएको बताइएको छ । तैपनि किन अमेरिकीहरु हतियार बोक्न पाउनुलाई आप्नो प्रतिष्ठा मान्छन बुझिनसक्नु छ ।

एजेन्सीको सहयोगमा
तस्विरः एजेन्सी


१८ जेष्ठ २०७६, शनिबार ०४:३६ मा प्रकाशित