शंकास्पद २०९३? र त्यसको सेरोफेरोमा पटाक्षप भएको एनआरएनए अमेरिकाको नाटक अन्तरिक प्रमाणीकरण समिति र सुपरिवेक्षण समितिका सदस्यहरु बोलेनन्

शैलेश श्रेष्ठ     १९ जेष्ठ २०७६, आईतवार ०५:०९    

 

शैलेश श्रेष्ठ

        अन्तरिक प्रमाणीकरण समिति र सुपरिवेक्षण समितिका सदस्यहरु बोलेनन्, तिनको जवाफ या अडान के हो भनेर अहिले आम चर्चा हुन थालेको छ । भित्रभित्रै सौदाबाजी गरेर जित्न कस्सिएका तर आफ्नैहरुबाट घात गरिएपछि सर्मनाक हार खप्न बाध्य भएकाहरु पनि यो बिषयलाई उरालेर क्रान्तिकारी बन्ने दुस्प्रयास गरिरहेको मैले अनुभूत गरेको छु । म उनीहरुलाई चुनौती दिन्छु यदि मैले जति समयमै सफा, सत्य बोल्ने ताकत उनीहरु या अरुहरुमा भएको भए हामी यसपाली लामो कालदेखि निरन्तर चलेको राजनैतिक सिन्डीकेशन रोक्न अनि त्यो चक्रब्युह एकहदसम्म तोड्न सक्षम हुनेथियौं ।

मेरो मनको आदेशले मलाई बोल्न र लेख्न अर्हाएको सत्य-तथ्य साहासका साथ बोल्न मैले कहिले पछि परेको छैन सायद तपाईहरुले आफ्नो व्यस्तता या स्वार्थका कारण मेरा भनाई र अडानहरु पढ्न सक्नु भएन होला तर ति बोलीहरु आलेख, स्टाटस या फेसबुक लाईभ र अन्तरवार्ताकारुपमा मेरो अभिलेखालयमा सुरक्षित छन ।

मेरो बिमतिका शृंखलाहरु म यहाँ तपाईहरुको जानकारीको लागि पुनः लेख्न चाहन्छु: १ सदस्य बन्ने क्रममा करिब ४८ घण्टा सर्वर ईरर भएपछी मैले आफ्नो मनको आदेशमा फेसबुक लाईभ गरेर तुरुन्त छानविन आयोग गठन गरेर दोषी माथि कारवाही गर्न माग गरेको छु । २ उम्मेदवारी मनोनयनको क्रममा निर्वाचन आयोगले अचानक दुई दिन म्याद बढाएको घटनालाई “म्याच फिक्सि ङ्ग” का लागि चाहिने समय उपलब्ध गर्न-गराउन निर्वाचन आयोग उद्दत रहेको भन्दै त्यसको बिरोध गरेर तत्काल फेसबुकमा स्टाटस सम्प्रेषण गरेको छु । ३ अन्तरिक प्रमाणीकरणका राम कुमार सुबेदी, बाल जोशी र पवन योञ्जनको समितिले प्रमाणीकरण गरेको भनिएको ६७४३ निर्वाचनमा भाग लिन योग्य सदस्यहरुको नामावली निर्वाचन आयोगमा कसरी कुन फर्मेटमा पठाउने भन्ने बारेमा हामी बिच छलफल भईरहेको अवस्थामा त्यो नामावलीलाई अपहरण गरेर करिब दुई हप्ता “ब्लाक आउट” गरिएको थियो कसले, कसरी र कुन निकायलाई त्यो नामावली पठायो त्यो मलाई जानकारी छैन तत् तत् नामावली सही हुन भनेर मैले कही कतै समर्थन या हस्ताक्षर गरेको छैन ।

 

हाम्रा संयोजक डा रुद्र अर्याल नेपाल तिर रहनु भएकोले उहाँको आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक भएको छैन । त्यही अवधिमा “सम्मानित निर्वाचन आयोगलाई सदस्यहरुको नामावली बुझायौं ” भन्ने बेहोराको एउटा फेसबुक स्टाटस उ बेला प्रमाणीकरण समितिका सयोजक राम कुमार सुबेदीबाट सम्प्रेषण भएको रेकर्ड देखिन्छ । ४ हामीसंगै भित्र बसेर काम गरेका उनै राम कुमार सुबेदीले आफ्नै बाचा-प्रतिज्ञा र नैतिकतालाई तिलान्जली दिंदै आईसीसी सदस्यमा उम्मेदवारी दिए लगतै मैले लामै स्टाटस लेखेर थप आशंका सहित उनको त्यो कदमको बिरोध गरेको सत्य-तथ्य लिखत जताततै छरपष्टनै छ । यो घटनाले पनि संस्थापन प्रति आम मानिसलाई स-शंकित बनायो ५ सदस्यहरुको गोप्य सुचनाहरु चुहेको प्रमाणिक समाचार हिमालयटाईम्स डटकमले सार्वजनिक गर्ना साथ मैले तुरुन्त छानविन समिति गठन गरेर दोषीलाई सार्वजनिक गर्न र छानविन आफुबाट सुरु गर्न मैले चुनौती दिएर सम्प्रेषण डटअर्गमा ब्लग लेखेर आफ्नो आधिकारिक बिचार सम्प्रेषण गरेको थिएँ ।

६ त्यसपछि २०९३ सदस्य थप गरिएको आशंकाले चुनाब हुने सम्भावनालाई नै झन्डै टार्यो । यो संख्या अप्रमाणित भएको अवस्थामा हामीले जिम्मेवारी लिने कुरै रहेन त्यसै बिच मैले फेसबुक लाईभमा उपस्थित भएर यसको जिम्मेवारी आफुले नलिने आधिकारिक धारणा सार्वजनिक मात्र गरेको छैन आफ्नो असहमति केन्द्रदेखि यहाँका जिम्मेवार प्रतिनिधिहरुलाई बोधार्थ गरेको छु । भनिएका २०९३ मध्य ८ देखि ११ सय आजीवन सदस्य परेको हुन सक्छ तर त्यो दुधको दुध पानीको पानी गर्न नसकिने कुरै होइन । त्यसो गर्नुको सट्टा रातारात पाँच जना बिज्ञ प्रतिनिधिहरुलाई खटाएर यसलाई बैधता दिने प्रयास गरियो । मेरो धारणा र माग स्पस्ट थियो फेब्रुअरी ३ तारिख काम थालेको प्रमाणीकरण समितिले काम गर्नु अघि चाहेको मान्छेलाई छिराउन मिल्ने भोटेताल्चा कोसंग थियो? हामीले काम गर्दाको समय जानकारी पाए अनुसार एकमात्र त्यस्तो एक्सेस वर्तमान अध्यक्ष डा केशब पौडेलसंग मात्र थियो र छ । उसो भए उनले सदस्यता दिने त्यस्तो अधिकार कहाँबाट पाए?

के वर्तमान कार्यसमितिसंग त्यो अधिकार प्रत्यायोजन गरिएको “माईन्युटिङ्ग” छ? यी र यावत गैर जिम्मेदार काम कारवाहीहरुको सबुद प्रमाण सहितको प्रमाणिक गतिबिधिहरु मैले आफ्नो अभिलेखालयमा सुरक्षित मात्र राखेको छैन सम्बन्धित निकायलाई सचेत गराउँदै तत् तत् ठाउँ र निकायहरुमा पत्राचार समेत गरेको छु । मैले अहिले मेरो सम्झनामा रहेका घटना अनि परिघटनाहरु यहाँ सम्प्रेषण गरेको छु कोही कसैलाई थप बुझबुझारत गर्न मन भए मलाई सिधै सम्पर्क गर्नुहोला ।

शैलेश श्रेष्ठ पुर्व सदस्य, सुपरिवेक्षण समिति, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका तथा संचारकर्मी 


१९ जेष्ठ २०७६, आईतवार ०५:०९ मा प्रकाशित