यूइएफए नेशन कपको फाइनलमा पोर्चुगल र नेदरल्याण्ड भिड्ने डच टोलीले इङ्रल्याण्डलाई हरायो

जाङबु शेर्पा     २४ जेष्ठ २०७६, शुक्रबार ०३:०७    

जाङ्बु शेर्पा दूरबिन नेपाल, जुन ६
प्रमुख दावेदार इङ्रग्ल्याण्डलाई ३ एक गोल अन्तरले हराउंदै नेदरल्याण्डले यूइएफए नेशन कपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब नेदरल्याण्डले चिर प्रतिद्वन्द्वी पोर्चुगलको सामना गर्नेछ । पोर्चुगलले पनि स्वीट्जरल्याण्ड विरुद्ध शानदार जित निकाल्दै फाइनलको यात्रा तय गरको हो । सो खेलमा पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले ह्याट्रिक गरेका थिए । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा नेदरल्याण्डले आक्रामक रणनीति अंगाल्दै खेल्न थालेपनि पहिलो हाफमा खासै चमत्कार गर्न सकेन, उल्टो इङ्रग्ल्याण्डका खेलाडी मार्कस रसफोडलाई न्दरल्याण्डका रक्षात्मक पंतीका खेलाडी डिलाइटले फल गरेपछि पेनाल्टीमा इङ्रल्याण्डले गोल गर्न पुग्यो । तर दोस्रो हाफमा भने नेदरल्याण्डको आक्रामक रणनीति सार्थक बन्न थाल्यो । ७३ औं मिनेटमा नेदल्याण्डका रक्षपंतीका खेलाडी डिलाइटले हेडमार्फत सुन्दर गोल गरी खेल बराबरीमा ल्याए । अतिरिक्त समयको ९७ औं मिनेटमा इङ्ग्याण्डका गोल रक्षक कल वल्कारले आत्मघाती गोल गरेपछि नेदरल्याण्डले अग्रता लिन पुग्यो । त्यसपछि खेलको एक सय १४ औं मिनेटमा डचका अतिरिक्त खेलाडी क्यु प्रमेसिसले गोल गरेपछि नेदरल्याण्डको जित सुनिश्चित बन्यो । डच टोलीको रक्षापंक्ति सामु बेलायती खेलाडीहरु कमजोर देखिन्थे । यद्यपि इङ्ल्याण्डका भेट्रान खेलाडीद्धय ह्यारी केन र रहिम स्टर्लीङ र डेली अलिले आफ्नो टोलीलाई खेलमा फर्काउने प्रयाुस गरेपनि असफल भए । ८४ औं मिनेटमा इङ्रल्याण्डले गोल गरेपनि सो अफसाइड सावित भयो । अब आइतबार पोर्चुगलसंग हुने फाइनल खेललाई निकै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ ।


२४ जेष्ठ २०७६, शुक्रबार ०३:०७ मा प्रकाशित