युइएफए नेशन्स लिगको उपाधि पोर्चुगललाई नेदरल्याण्ड एक शुन्यले पराजित

जाङबु शेर्पा     २६ जेष्ठ २०७६, आईतवार २१:१५    

 

 

जाङ्बु शर्पा, दूरबिन नेपाल
युरोपीयन च्याम्पियन पोर्चुगलले युइएफए नेशन्स कपको उपाधिपनि चुमेको छ । घरेलु मैदानमा भएको खेलका पहिलो हाफ बराबरीमा टुंगीयो । दोस्रो हाफ शुरुभएपछि ६० औं मिनेटमा वरनाडो सिल्भाको पासमा गुइदिसको गोलबाट पोर्चुगलले अग्रता लियो । अन्ततः सोही गोल पोर्चुगललाई उपाधीको लागि प्रर्याप्त भयो । नेदरल्याण्डलेपनि खेलमा फर्कने निकै प्रयास गरेपनि सफल हुन सकेन । बललाई अधिकांश समय नियन्त्रणमा राखेपनि गोल गर्नबाट भने चुक्यो जसले गर्दा नेदरल्याण्ड उपाधिबाट बञ्चित बन्यो ।


२६ जेष्ठ २०७६, आईतवार २१:१५ मा प्रकाशित