युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

दूरबिन नेपाल     २७ जेष्ठ २०७६, सोमबार १७:४१    

भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सोमवार मुम्बईस्थित एक होटेलमा पत्रकार सम्मेलन गरी उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

सन् २०११ मा भारतलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । युवराजले यसै वर्ष आइपिएलमा मुम्बई इन्डियन्सबाट खेले पनि उनले खासै मौका पाएनन् । सम्भवतः यसै कारण उनले आनो भविष्यको योजनाबारे गम्भीरतापूर्वक लिएका हुन सक्छन् ।

सन् २००० मा डेब्यू गरेका युवराजले २०१७ को जुनदेखि एउटा पनि अन्तर्राष्ट्रिय म्याच खेलेका छैनन् । युवराजले ३०४ वान(डे, ४० टेस्ट र ५८ टी ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।


२७ जेष्ठ २०७६, सोमबार १७:४१ मा प्रकाशित