न्युयोर्कको व्यस्त सहर म्यानहटमा हेलिकप्टर दुर्घटना

दूरबिन नेपाल     २७ जेष्ठ २०७६, सोमबार १९:४१    

न्युयोर्क ।

      न्यु योर्क व्यस्त सहर म्यानह्याटनको एक भवनको छतमा हेलिकपटर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरको चालकको मृत्यु भएको आशङ्का गरिएको भए पनि भवनभित्र मानवीय क्षति भने भएको छैन ।

दुर्घटनाको राष्ट्रपति ट्रम्पले समेत ट्विट गर्दे आवश्यक सहयोगको निम्ति तयार रहेको बताएका छन् । न्यु योर्क राज्यका गभर्नर एन्ड्रु कुमोले हेलिकप्टर दुर्घटनाको कुनै मानवीय क्षतिको विवरण नआए पनि भवनको छानोमा हेलिकप्टर खस्दा पुरा भवन हल्लिएको दुर्घटनाको समयमा भवन भित्र रहेकाहरूले बताएका छन् । अहिले आगोलाई नियन्त्रणमा लिइएको छ ।

हेलिकप्टर ७ एभिन्युको ७८७ नम्बर भवनको धुरीमा खसेको थियो । दुर्घटना पछि न्यु योर्क प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको कारण ५१ स्ट्रिट पश्चिम ७ एभिन्युको सडकमार्गलाई बन्द गरिदिएको छ । दुर्घटना ७ एभिन्युको ५१ र ५२ स्ट्रिट बिचको ५४ तल्ले गगनचुम्बी भवनको छतमा भएको हो ।


२७ जेष्ठ २०७६, सोमबार १९:४१ मा प्रकाशित