अमेरिकी कामदार भिसा (एचवान बी) का लागि प्रक्रिया शुरु २०२० का लागि कामदार भिसाको प्रक्रियालाई अगाढी बढाउने

दूरबिन नेपाल     २७ जेष्ठ २०७६, सोमबार २३:४१    


जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन १०
युएससीआइएइसले बर्ष २०२० का लागि एचवान बी भिसा आवेदनको प्रक्रिया शूरु गर्ने जनाएको छ । युएससीआइएसले यहि जुन १० देखि २०२० का लागि सिमाबन्दी लागेका कामदार भिसाको प्रक्रियालाई अगाढी बढाउने भएको हो । सो प्रक्रियाको लागि आवेदकले सेवा केन्द्रमा आई ९०७ फारम भर्नुपर्ने छ । अस्थायी कामदार भिसामा ३० हजार कोटा थपीएपछि गत मे ८ देखि आवेदन लिन शुरु गरिएको थियो । तर एक महिनामै कोटाभन्दा धेरै आवेदन परेपछि आवेदकलाई रकम फिर्ता गरिएको थियो । युएससीआइएसले केही बर्ष देखि एचवान बी भिसाको सिघ्र प्रक्रियालाई खारेज गरेको थियो । तर अवधि नतोकिएका एचवान बी भिसा प्रक्रियामा भने सो व्यवस्था कायमै रहेको जनाएको छ । युएससीआइएसले जुन १० देखि लागु हुने गरि जुन २४ सम्म प्रिपेड पत्रको सट्टा नियमित पत्रहरु प्रयोग गरिने जनाएको छ । अमेरिकी संसदले अस्थायी कामदारको लागि बार्षिक ६६ हजारको कोटा तय गरेको छ । जसमध्ये ३३ हजारले अक्टोबर एक देखि मार्च ३१ सम्म र बांकी ३३ हजारले अप्रिल १ देखि सेप्टेम्बर ३० सम्ममा काम शुरु गर्छन । यो बर्ष सेप्टेम्बर ३० भित्र काम शुरु गर्नेगरी ३० हजार कोटा थपीएको थियो ।


२७ जेष्ठ २०७६, सोमबार २३:४१ मा प्रकाशित