चोटका कारण शेखर धावन मैदान बाहिर भारतको ओपनिङ प्रभावित हुने

दूरबिन नेपाल     २८ जेष्ठ २०७६, मंगलवार १७:१८    

एजेन्सी– विश्वकप क्रिक्रेटमा भारतको प्रभावशाली ओपनर शेखर धवन घाइते भएपछि भारतीय टिमलाई ठुलो धक्का लागेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चोटका कारण शिखर धवन तीन हप्ता मैदान बाहिर रहनेछन् । ९ जूनमा अस्ट्रेलिया विरुद्ध खेल्दै गर्दा धवनको हातमा चोट लागेको थियो ।

उनी भारतका भरपर्दा ओपनर हुन् । भारतलाई उनको अभाव खट्कन सक्ने क्रिकेट विश्लेषकहरुलेबताएका छन् । उनले अस्ट्रेलिया विरुद्ध शतक प्रहार गरेका थिए । भारतले शिखर धवनको स्थानमा केएल राहुललाई ओपनिङ गराउन सक्ने बताएको छ ।


२८ जेष्ठ २०७६, मंगलवार १७:१८ मा प्रकाशित