आप्रवासीप्रति अनुदार केन युएससीआइएसको निर्देशक अमेरिकामा जन्मसिद्ध अधिकार र अध्यागमन सुविधा कटौती हुन सक्ने

जाङबु शेर्पा     २८ जेष्ठ २०७६, मंगलवार २३:२२    

 

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन ११
अमेरिकी कानुनविद् केन कुनेसी अमेरिकी प्रमुख अध्यागमन निकाय युयससीआइएसको निर्देशकमा नियुक्त भएका छन । युएससीआइएसका अनुसार केनले जुन १० देखि नै आफ्नो कार्यभार सम्हालिसकेका छन । कुसिनेली हार्डलाइनर अध्यागमनविद्को रुपमा चिनिन्छन । प्रारम्भदेखिनै राष्ट्रपति डोनल्ड ट्रम्पको अध्यागमन नीतिको कट्टर समर्थक कुसिनेलीको आगमनले अमेरिकी अध्यागमन नीति अझै कसिलो बन्न सक्ने आशंका गर्न थालिएको छ । जन्मजात नागरिक अधिकार अन्त्यको लागि वकालत गरेका कुसिनेलीले अवैधानिक रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई सिमा क्षेत्रबाटै बाहिर पठाउनुपर्ने तथा मेक्सिकोको सिमामा थप अमेरिकी सेना परिचालन गरेर भएपनि आप्रवासीहरुलाई छिर्न दिन नहुने अडान लिदै आएका छन । नियुक्ति लगत्तै कुसिनेलीले आफुले राष्ट्रहित तथा सुरक्षाको निम्ति प्रतिबद्ध रही कामगर्ने बताएका छन । कुसिनेलीले १९ हजार कर्मचारी रहेको युएससीआइएसको नेतृत्व गर्नेछन । आर्थिक बर्ष २०१८ मा युएससीआइएसले ८७ लाख अध्यागमन सुविधाका आवेदनहरुमा फैसला लिएको थियो । डेमेक्रयाटहरुले कुसिनेलीका छवि आप्रवासी विरोधी भएको भन्दै विरोध गर्दै आएका छन । कुसिनेलीले सन २०१० देखि १४ सम्म भर्जिनिया राज्यको महान्यायधिवक्ताको रुपमा काम गरिसकेका छन । सन २००२ देखि २०१० सम्म भर्जिनियाकै सिनेटमा काम समेत गरेका थिए ।


२८ जेष्ठ २०७६, मंगलवार २३:२२ मा प्रकाशित