गुठी

बन्धु पोख्रेल     १ असार २०७६, आईतवार १४:४४    

     गुठी
-बन्धु पोख्रेल
गुठी अन्नको अभाव नै हुँदा नि संकलन गरिन्थ्यो मुठी।
त्यस्तै संकलन अनि दान दातब्यबाट बनाइए गुठी ॥
हजार अनुसन्धान भएका छन यहॉ यो गुठी बारेमा ।
विश्वको यो नमुना प्रथा मेटिन्छ कि अर्कैतिर सारेमा ॥
सामन्तबादका अबशेष भन्दै मास्न खोज्दा संस्कृति ।
नेपालीपन सबै गुमेर बढ्दै जाने हो कि यहॉ बिकृति ॥
जोगाउँ उपयुक्तताको आधारमा पुर्खाको उपहार ।
सहन गाह्रो हुन्छ आफ्नो संस्कृति माथीको प्रहार ॥
जग्गा जमीन मात्र सम्झनु हुन्न यो गुठी प्रथालाई ।
यहि गुठीले संचालन गरेको छ कैयौं समाजलाई ॥
मर्दा पर्दा होस वा पर्ब उत्सबहरु मनाउना कन पनि।
नेताहरुलाई बुझाउनु पर्यो हाम्रो त गुठी नै हो भनि ॥
यदि प्रयास गर्यौं भने बुझ्न वास्तबमा हो के यो गुठी ।
मास्न दिन्नौं भन्दै अँगाडी आउने छौं हामी पनि उठी ॥

१ असार २०७६, आईतवार १४:४४ मा प्रकाशित