डिफेण्डिङ च्याम्पियन चिलिको विजयी सुरुवात जापान ४–० ले स्तब्ध

दूरबिन नेपाल     ३ असार २०७६, मंगलवार ०१:४४    

अमेरिका ।

कोपा अमेरिका फुटबलमा डिफेण्डिङ च्याम्पियन चिलिले आमन्त्रित टोली जापानलाई ४ शून्यले स्तब्ध बनाएको छ । खेलको सुरुदेखि नै आक्रामक देखिएको चिलिलाई पहिलो हाफसम्म दबाबमा राख्न सफल भए पनि कमजोर डिफेन्सका कारण चिलिको आक्रामक रणनीति रोक्न जापान चुकेको छ ।

उपाधिको ह्याट्रिक कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रेको चिलिकिो निम्ति आरान्गुइजको कर्नरमा पुग्लारले सुन्दर गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै दोस्रो हाफमा इ भर्गसले दुई र अलेक्सेस साञ्चेजले एक गोल गर्दे चिलिले शानदार विजयीको सुरुवात गरेको छ ।

अधिकांश नयाँ र युवा खेलाडीको बाहुल्य रहेको जापानले पटक–पटक पाएको सुनौलो अवसर पाएपनि कमजोर फिनिसिङकोकारण गोल गर्नबाट भने चुक्यो । जापानको तर्फबाट आशा गरिएका स्ट्राइकर टाकेफुसा कुवोले पनि खासै मैदानमा छाउनकेनन भने अनुभवी खेलाडीहरू नाकासिमा र सिवासाकीले पनि खासै प्रदर्शन गर्न सकेनन् ।

जापानको भविष्यको स्टार खेलाडीकोरुपमा दरिएका युवा खेलाडी कुवेलाई हालै मात्र स्पेनिस क्लब रियल मेड्रिडले २ मिलियन डलरमा अनुबन्ध गरेको छ । कुवो अनुबन्ध गर्न रियल र वार्साविच प्रतिस्पर्धा चलेको थियो ।

एसियाबाटै आमन्त्रित अर्का राष्ट्र कतारले भने कोपा अमेरिकाको बलियो टिम मानिएको पाराग्वेसग बराबरी खेल्दैसवैलाई आश्चर्यचकित तुल्याएको छ । उरुग्वेले इक्वेडरलाई ४ शून्यले पराजित गरेको छ ।

कोपा अमेरिकाको वाकी खेल भोलि बोलिबिया र पेरु तथा ब्राजिल र भेनेज्यूला बिच हुनेछ ।


३ असार २०७६, मंगलवार ०१:४४ मा प्रकाशित