अमेरिकाबाट ३७ जना डिपोर्ट घर फर्काइएका अधिकांश आपराधिक पृष्ठभुमिका

दूरबिन नेपाल     १९ असार २०७६, बिहीबार ०४:२२    

दूरबिन नेपाल, जुलाई तीन –  
  आइसीइले मंगलबार ३७ कम्बोडियाई नागरिकहरुलाई उनीहरुको मुलुक फिर्ता पठाएको छ । टेक्ससको डल्लासबाट उनीहरुलाई आइसीइको एअर अपरेसन (इयुरो) मार्फत कम्बोडिया पठाइएको बताएको छ । डिपोर्ट भएकाहरु अधिकांश आपराधिक पृष्ठभुमिका भएको र अदालतले अमेरिका छोड्न आदेश दिएकाहरु रहेको आइसीइले जनाएको छ । उनीहरुलाई अदालतले अमेरिका छोड्ने अन्तिम आदेश दिएपछि स्वदेश फर्काइएको हो । कम्बोडिया पठाइएकाहरुमा हत्या, बलात्कार, अरुमाथी आक्रमण, यौन हिंशा, चोरी, अवैध हतियार र लागु औषधिको कारोबारमा संलग्न भएको आइसीइले जनाएको छ । अमेरिकाबाट डिपोर्ट भएकाहरुलाई जुलार्ई चार तारिख विहिवार कम्बोडियामा त्यहाका अधिकारीहरुलाई हस्तान्तरण गरिने छ । देश निकालाको आदेश भएरपनि अमेरिकामै बसीरहेका एक हजार ९ सय भन्दा धेरै कम्बोडियाई नागरिकहरु रहेको आइसीइको दावी छ । त्यसमापनि एक हजार चार सय व्यक्तिहरु भने गम्भिर अपराधमा दोषी प्रमाणित भइसकेको बताइएको छ ।


१९ असार २०७६, बिहीबार ०४:२२ मा प्रकाशित