मुख्यमन्त्री राईको सुझाव “नेपाल फर्किनुस” प्रदेश नम्बर एकको विकासमा योगदान गर्न आग्रह

बद्रि गौतम     २३ असार २०७६, सोमबार ०२:३३    

 

दूरबिन नेपाल, न्युयोर्क, जुलाई ७

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले अमेरिकामा रहेका नेपालीहरुलाई आफ्नो मातृभुमिको लागि योगदान गर्न आग्रह गरेका छन । नेपाली महाबाणिज्य दुतावास न्युयोर्कद्वारा आइतबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर एक अथाह सम्भावनाको क्षेत्र भएकोले त्यसको विकासको लागि आफुले सिकेको ज्ञान र सिपको प्रयोग गर्न अमेरिकाबासी नेपालीहरुलाई आव्हान गरेका हुन ।

कार्यक्रममा सहभागीहरुका प्रश्नहरुको जवाफ दिंदै मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनको लागि आवस्यक कानुन निर्माण भइरहेको जानकारी दिंदै प्रदेश नम्बर एकको राजधानी विराटनगर सर्वसम्मतीले चयन भएजस्तै नामाकरणमा पनि सर्वसम्मत निर्णय गररिने आस्वासन पनि दिए । छलफल कार्यक्रममा सहभागीहरुले शिक्षा, पर्यटन, कृषि लगायका क्षेत्रको विकासकालागि मुख्यमन्त्री राईलाई सुझाव दिंदै लगानीको उचित बातावरण बनाउन आग्रहपनि गरेका थिए । कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत कुमार राईले मुख्य मन्त्री राईलाई स्वागत गरेका थिए भने बाणिज्य दुत पुष्पराज भट्टराइले सहजीकरण गरेका थिए । त्यस अघि मुख्य मन्त्री राई सञ्चारकर्मी शैलेस श्रेष्ठले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपश्थित भइ सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

 


२३ असार २०७६, सोमबार ०२:३३ मा प्रकाशित