अमेरिकामा गिरिजाबाबुको सम्झना

दूरबिन नेपाल     २४ असार २०७६, मंगलवार ०३:१३    

न्युयोर्क : नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती अमेरिकामा मनाईएको छ । जिपी कोईराला फाउन्डेशन अमेरिका शाखाले न्युयोर्कको ज्याक्सनहाइटमा कोइरालाई सम्झिएको हो ।
ज्वीस सेन्टर हलमा आयोजित कार्यक्रममा नेपाल सहित भारत , वंगलादेश , पाकिस्तान , श्रीलंका, वोस्नीया, गयाना, हैटी, तिब्बत, अफगानिस्तान, भुटान, म्यानमार मुलथलो भइ अमेरिकामा बसोबास गर्दै आएकाहरुको उपस्थिति रहेको थियो । 
  
कार्यक्रममा प्रमुख अतिथी  क्वीन्सवोरो प्रेसीडेन्टको कार्यलयका कम्युनिटी डाइरेक्टर डा. महम्मद हकले  स्व. कोईरालाको जीवनका बारेमा चर्चा गरेका थिए । उनले कोईराला  साँच्चीकै महान प्रजातन्त्रवादी नेता भएको र  उनको  वाटोमा सबैले हिँडनसक्नुपर्ने वताउए । यस्तै  समाजसेवी मुह्म्मद रसीदले  कोईरालाको व्यक्तित्व र  योगदानको  विश्वले कदर गरेको धारणा राखे । 

२४ असार २०७६, मंगलवार ०३:१३ मा प्रकाशित