छविराजबाट कुटपिट भएको वताउदै शिल्पाले दिइन उजुरी

दूरबिन नेपाल     २६ असार २०७६, बिहीबार ००:४७    

अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि श्रीमान् छविराज ओझाबाट कुटपिट भएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गराएकी छिन ।

निर्माता छवि र शिल्पाबिच दुई वर्ष अघि मात्र गुपचुपमै विवाह भए पनि दुवैले अस्वीकार गर्दे आएका थिए । प्रहरीले दुवै पक्षलाई छलफमा बोलाएको जनाएको छ । केही समयदेखि उनीहरूको सम्बन्धमा खटपट भएको बताइएको छ ।

शिल्पाले छविराजकै फिल्म लज्जा’मार्फत चलचित्रमा अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । त्यसपछि छविराज नै निर्माता रहेको फिल्म हवलदार सुन्तली र मंगलममा पनि शिल्पाले अभिनय गरेकी थिइन् ।


२६ असार २०७६, बिहीबार ००:४७ मा प्रकाशित