आइसीसी विश्वकपः उपाधिको लागि इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिडने विश्वकपमा नयाँ विजेता थपिने पक्का

जाङबु शेर्पा     २७ असार २०७६, शुक्रबार ००:३८    

 

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुलाई ११
आइसीसी विश्वकपः उपाधिको लागि इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिडने
पाँच पटकको बिजेता अष्ट्रेलियालाई आठ विकेटले हराउंदै आयोजक इङ्रग्ल्याण्ड आइसीसी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । यो संगै इङ्ग्ल्याण्ड चौथो पटक फाइनलमा पुगेको हो । आयोजक टोलीले अब चिर प्रतिद्वन्दी न्युजिल्याण्डको सामना गर्ने छ । गत संस्करणको उपविजेता न्युजिल्याण्डलेपनि अहिले सम्म विश्वकप जित्न सकेको छैन । न्युजिल्याण्डको यो लगातार दोस्रो पटकको फाइनल यात्रा हो । यो संगै अव आइसीसी विश्वकपमा नयाँ विजेता थपिने पक्का भएको छ । किनकी क्रिकेटको जननी भएपनि इङ्ग्ल्याण्डले अहिले सम्म एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन । लर्डसमा हुने फाइनलमा दुवै टोलीको मनोबल उच्च हुनेछ । किनकी आयोजक इङ्रग्ल्याण्डले पाँच पटकको विजेता अष्ट्रेलियालाई पराजित गरेको छ भने न्युजिल्याण्डले प्रमुख दावेदार भारतलाई हराएको छ ।

अष्ट्रेलियाको शर्मनाक हार
विहिवार भएको दोस्रो सेमिफाइनलमा आयोजक इङ्ग्ल्याण्डले साविक विजेता अष्ट्रेलियालाई आठ विकेटको फराकिलो अन्तरले हरायो । बर्मिङघममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलिया सस्तैमा समेटिन पुग्यो । अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर दुइ सय २३ रनको सामान्य लक्ष्य दिएको थियो । कंगारु टोलीका प्रारम्भिक व्याट्सम्यानहरु सस्तैमा आउट भए । एक समय १४ रन बनाउंदा अष्टे«लियाले तीन विकेट गुमाइसकेको थियो । स्टीभ स्मिथ र एलेक्स क्यारीले १ सय ३ रनको साझेदारी गरी योगफलमा केहि सुधार गरेका थिए । स्मिथले ८५ रनको योगदान दिए । इङ्ग्ल्याण्डका क्रिस बक्स र अदिल रसिदले तीन तीन विकेट लिए । दुई सय २४ रनको लक्ष्य सहित मैदानमा उत्रेको इङ्ग्ल्याण्डले ३२ ओभर एक बलमा दुई विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । बेलायतका ज्यासन रोय र जोनी बेइस्ट्रोले पहिलो विकेटका लागि एक सय २४ रनको साझेदारी गरेपछि जितको आधार बनेका थियो । रोयले ८५ रन बनाए ।


२७ असार २०७६, शुक्रबार ००:३८ मा प्रकाशित