डियागो कोष्टा प्रिमियर लिगमा फर्कने

दूरबिन नेपाल     २७ असार २०७६, शुक्रबार ०६:०८    

एथलेटिको म्याड्रिडले पोर्चुगिस स्ट्राइकर जाओफ्लेक्सलाई १ सय ३० मिलियन डलरमा क्लबमा भित्राएपछि अर्का स्ट्राइकर डियागो कोष्टा भने क्लब छोड्ने मनस्थितिमा पुगेका छन् ।

प्रशिक्षक डियागो सिमोनको पहिलो रोजाइमा पर्ने सम्भावना कम भएपछि कोष्टा क्लब छोड्ने मनस्थितिमा पुगेका छन् । बेलायती पत्रिका द सनका अनुसार कोष्टा प्रिमियर लिगमा फर्कने सम्भावना बढेर गएको छ । उनले इङलिस क्लब एर्भटनसग खेल्न लगभग सहमति जनाइसकेको पनि सनले उल्लेख गरेको छ ।

कोष्टा दुई वर्ष अघि मात्र इङलिस क्लब चेल्सीबाट एथलेटिक म्याड्रिड आएका थिए । चेल्सीमा राम्रो सिजन चलिरहेको समयमा तत्कालीन प्रशिक्षक एन्टिनिओ कोन्टेसगको विवाद पछि उनले क्लब छोडेका थिए ।

कोष्टाले एथलेटिकोवाट गएको सिजन ७ गोल गरेका थिए । कोष्टाले भने अहिलेसम्म यो विषयमा मुख खोलेका छैनन् ।


२७ असार २०७६, शुक्रबार ०६:०८ मा प्रकाशित