आइसीइको छापा तिब्रः सन डिएगोमा २० जना पक्राउ पक्राउ पर्नेमा अधिकांश आपराधिक पृष्ठभुमिका

दूरबिन नेपाल     २८ असार २०७६, शनिबार ०३:१७    

दूरबिन नेपाल, जुलाई १२
आइसीइको एक हप्ते अपरेसनबाट अमेरिकी राज्य सन डिएगोबाट २० जना पक्राउ परेका छन । पक्राउ पर्नेहरु अधिकांश अवैध आप्रवासीहरु भएको आइसीइको दावी छ । आइसीइका अनुसार पक्राउ परेकामध्ये कतिपय निष्कासनको आदेश पाइसकेका र अमेरिकी आप्रवासन कानुनको उलंघन गरेका पनि छन । एक हप्तासम्म गरेको अपरेसनका क्रममा पक्राउ परेका मध्ये ८५ प्रतिशत आपराधिक पृष्ठभुमिका रहेको र कतिपय लागु औषध, अवैध हतियार चोरी, घरेलु हिंशा लगायतका अपराधमा दोषी पाइएकाहरु भएको आइसीइले बताएकोे छ । आइसीइका फिल्ड अफिसका निर्देशक ग्रेगरी आर्कबेल्टले सामाजिक सुरक्षालाई मध्येनजर गर्दै गरिएको यस्तो अपरेसन राष्ट्रको सुरक्षा र आप्रवासनको कानुनको सुरक्षाको लागि महत्वपुर्ण भएकोले अझै जारी रहने बताए । उनले सार्वजनिक सुरक्षामा चुनौती रहेका अवैध आप्रवासीहरुलाई नछोडिने चेतावनी पनि दिएका छन । अपरेशनको क्रममा आइसीइका अधिकारीहरुले आप्रवासन कानुनको उलंघन गर्ने सात जनालाई पनि पक्राउ गरेको जनाएको छ । उनीहरुलाई अदालतले देश छोड्ने अन्तिम आदेश दिनेबेलासम्म आइसीइको हिरासतमा राखिने जनाइएको छ ।
आर्थिक बर्ष २०१८ मा एक लाख ५८ हजार पाँच सय ८१ ज्ना आप्रवासीहरुलाई पक्राउ गरिएको थियो । जसमा ९० प्रतिशत आपराधिक पृष्ठभुमिका रहेका थिए । जुन बर्ष २०१७ भन्दा ११ प्रतिशतले बढि हो । यो बर्ष  संख्या अझै बढ्ने अनुमान गरिएको छ ।


२८ असार २०७६, शनिबार ०३:१७ मा प्रकाशित