आइसीसी विश्वकपः इङ्ग्ल्याण्ड नयाँ बिजेता न्युजिल्याण्ड सुपर ओभरमा पराजित

दूरबिन नेपाल     २९ असार २०७६, आईतवार १८:५६    

दूरबिन नेपाल, जुलाइ १४ 
अन्ततः आयोजक इङ्ग्ल्याण्डले आफ्नो सपनालाई साकार पार्दै क्रिकेट विश्वकप पहिलो पटक जितेको छ । त्रिकेटको जननी भएपनि एकदीवसीय विश्वकपको उपाधिबाट बन्चित रहंदै आएको इङ्ग्ल्याण्डले चीर प्रतिद्वन्दी न्युजिल्याण्डको पनि पहिला पटक च्याम्पियन बन्ने सपनालाई चकनाचर पार्दै उपाधि आप्mनो नाममा पारेको हो । क्रिकेट विश्वकपको इतिहासकै रोमाञ्चकखेलको विजेता अन्तिम बलमै पनि टुंगो लागेन । त्यसपछि भएको सुपर ओभरको खेलमा पनि विजेताको टुंगो अन्तिम बलमा मात्र लाग्यो । लर्डसमा भएको फाइनल निकै रोमाञ्चक बन्यो । लक्ष्य थियो दुई सय ४२ रन । अहिलेको एकदीवसीय क्रिकेटमा सो लक्ष्य निम्न मध्यमनै मानिन्छ । तर खेल यसरी अगाढी बढ्यो की लक्ष्य भेट्याउन इङ्ग्ल्याण्डलाई निकै सास्ती पर्यो । तैपनि न्युजिल्याण्डले बनाएकै जति दुईसय ४१ रनमात्र जोड्न सक्यो । जसमा दश विकेटनै गुमाउन पुग्यो । त्यसपछि खेल बराबरी भयो । क्रिकेटको नियम अनुसार खेल बराबरी भएपछि सुपर ओभरमा जन्छ । सुपर ओभरमा पनि खेल निकै रोमाञ्चक बन्न पुग्यो । सुपर ओभरको खेलमा पहिलो व्याटीङ गर्यो इङ्ग्ल्याण्डले जसका तर्फबाट स्ट्रोक र बटलर मिले। १५ रन जोडे । न्युजिल्याण्डका तर्फबाट बलिङमा थिए अनुभवी बोल्ट । सुपर ओभरमा १६ रनको लक्ष्य पाएको न्युजिल्याण्डले पनि खेल आफ्नो पक्षमा पार्न अन्तिमसम्मै प्रयास गर्यो । तर कतिपय अवस्थामा भाग्यपनि साथमा हुनुपर्छ भन्छन । त्यस्तै भयो अन्तिम बलमा मात्र दुई रन चाहिएको थियो न्युजिल्याण्डलाई तर आर्चरको बलिङमा मार्टिन गुप्तिल रन आउट हुन पुगेपछि न्युजिल्याण्डको सपमा चकनाचुर हुन पुग्यो । जेसन रोयको त्यो  नै इङ्ग्ल्याण्डलाई विश्वकप बनाउन महत्वपुर्ण बन्यो ।


२९ असार २०७६, आईतवार १८:५६ मा प्रकाशित