लस एन्जलसमा २०६औँ भानु जयन्ती सम्पन्न

दूरबिन नेपाल     ३० असार २०७६, सोमबार १५:०५    

लस एन्जल्स, जुलाई १४,२०१९/ लस एन्जल्स स्थित श्री पशुपतिनाथ तथा वुद्ध मन्दिरमा हिजो  २०६ औं भानु जयन्ती मनाइएको छ । अन्तरास्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टरको आयोजामा सम्पन्न उक्त साहित्यिक कार्यक्रममा नेपाली भाषा पाठशालाका साना नानीहरुको सक्रिय सहभागिता रहेको थियो भने स्थानीय बिभिन्न संघ सस्थाका पदाधिकारी लगायत स्थानीय नेपाली समुदायको उपस्थिति रहेको थियो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्दीय उपाध्यक्ष शान्तिराम ढकालको प्रमुख आतित्थ्य र एकाइका अध्यक्ष श्री डन बहादुर कार्कीको अध्यक्षता तथा श्री पशुपतिनाथ तथा वुद्ध मन्दिरका बरिष्ठ उपाध्यक्ष एक राज पाण्डे, गुरु जिबन बराल, रेडियो नेपालका पुर्ब धार्मिक कार्यक्रम संचालक पुरुषोतम सापकोटा, एन आर एन आइ सी सी सदस्य बलराम थापा, साहित्यकार जगदिस पोखरेल र साहित्यकार सारदा पाठकको आतिथ्य रहको उक्त कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरेर सुरु गरिएको थियो । गुरु जिबन बरालले स्वस्ति बाचन गरि शुरु भएको कार्यक्रममा च्याप्टरकी उपाध्यक्ष शुशिला पाण्डेले स्वागत भाषण गरेकी थिइन् । कार्यक्रम च्याप्टरका  बरिष्ठ  उपाध्यक्ष तिलक कार्कीले संचालन गरेको उक्त कार्यक्रमको बीच बिचमा नेपाली भाषा पाठशालाका सयोजक श्याम जोशी तथा भाषा पाठशालाका बिद्द्यार्थीहरुको बिभिन्न कार्यक्रम संचालन गरेका थिए ।
रचना बाचन कार्यक्रममा सहभागी साहित्यप्रेमी साहित्यकारहरुले बिभिन्न रचनाहरु बाचन गरेका थिए । सो अबसरमा चन्द्र प्रकाश शर्मा, शारदा पाठक,जगदिस पोख्रेल, कृष्णा कुमारी पौडेल, रामचन्द्र लामिछाने, पुरुषोतम सापकोटा, राकेश कार्की, प्रकाश पाण्डे, शुशिला पाण्डे, टंक कुमारी बराल,शान्तिराम ढकाल लगाएतको बेजोड प्रस्तुति रहेको थियो । रोहण पाण्डेले आफुले बनाएको भानुभक्तको सुन्दर तस्बिर सस्थालाई प्रदान गरेका थिए भने साहित्यकार जगदीश पोखरेलले पनि आफ्ना केहि प्रकाशित साहित्यीक पुस्तकहरु सस्थालाई प्रदान गरेका थिए ।


३० असार २०७६, सोमबार १५:०५ मा प्रकाशित