अनेसासको निशाना र उद्देश्य

प्रा.डा. दुर्गा दाहाल     ५ श्रावण २०७६, आईतवार ०६:२२    

प्रा. .डा. दुर्गा दाहाल

  – अन्तराष्ट्रीय नेपाली साहित्य समाज  अर्थात अनेसास ( INLS: International Nepali Literary Society ) एक ग़ैर – राजनैतिक, धर्मनिरपेक्ष, ग़ैर-नाफामूलक अन्तराष्ट्रीय  स्तरको विशुद्ध साहित्यिक  संस्था हो । यस समाजभित्र संसारभरिका साहित्य-साधक, सर्जक, लेखक, पाठक, श्रोता र साहित्यमा रूचि राख्ने व्यक्तित्वहरू अटाऊँछन र संसारका विभिन्न देशहरूमा आ-आफ्ना साहित्यिक गतिविधिहरू संचालन गरि रहेका हुन्छन ।

यो अन्तराष्ट्रीय समाजको स्थापना जनवरी ११, १९९१ को पुण्यमितिमा भर्जिनिया राज्यको डि. सी शहरमा भएको हो । यो  संस्थाका जन्मदाता भर्जिनिया निवासी होमराज  सुवेदी र तत्कालीन साहित्य साधकहरू जस्तै शिवप्रसाद सत्याल,
“ पीठ”, अच्युत श्रेष्ठ, लव गाउँले, डा. विंष्णु पौडेल, डा. अमर गिरी, डा. हरिहर भट्टराई , राम मालाकार, भाष्कर गिरी, पुरू घिमिरे, डिग ब. तामाँग लगायत तत्कालीन साहित्यप्रेमी महानुभावहरू हुनुहुन्थ्यो ।
यो समाजका वर्तमान बोर्ड अव ट्रष्टीजका अध्यक्ष न्यूयोर्क निवासी गीता खत्री हुनुहुन्छ र केन्द्रीय अध्यक्षमा काठमाण्डू  (अनामनगर )निवासी राधेश्याम लेकाली हुनुहुन्छ । महासचिवमा अष्ट्रेलिया ( पर्थ ) निवासी गणेश घिमिरे हुनुहुन्छ । अमेरिकाका प्रमुख लस एंजेलस निवासी शान्तिराम ढकालजी हुनुहुन्छ । ढकालजी अनेसासका उपाध्यक्ष समेत हुनुहुन्छ ।
* लक्ष्य, निशाना र  उद्देश्य : ( goal, aim and objectives ): यस संस्थाको एकमात्र लक्ष्य, निशाना र उद्देश्य अन्तराष्ट्रीय  जगतमा नेपाली भाषा- साहित्य र कला-संस्कृतिको उत्थान, विकास, उन्नयन, संरक्षण , सम्बर्धन र अनुवाद साहित्य मार्फ़त विश्वव्यापीकरण  गर्नु हो ।
( INLS is committed to preserving, promoting, and fostering Nepali language, literature, art and culture throughout the globe by inspiring, motivating and encouraging all to write, read, speak, publish, distribute translate and interpret in Nepali )
( क्यालिफोर्निया निवासी प्रा. .डा. दुर्गा दाहाल, “अनुभव” अनेसास बोर्ड अव ट्रस्टीज़का केन्द्रीय सल्लाहकार हुनुहुन्छ । पाँचवटा भाषाका ज्ञाता दाहाल न्यूयोर्क स्थित  एउटा अन्तराष्ट्रीय संस्थाका वरिष्ठ भाषा विशेषज्ञ समेत हुनुहुन्छ )

५ श्रावण २०७६, आईतवार ०६:२२ मा प्रकाशित