एमाले माओवादी एकता तोरी र कोदोको मिसावट जस्तोः अशोक राई समाजवादी पार्टीले सरकार छोड्न सक्छ

दूरबिन नेपाल     ६ श्रावण २०७६, सोमबार ०३:४१    

 

दूरबिन नेपाल, जुुलाई २१

संघीय समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक कुमार राईले नेकपा एमाले र माओवादीको एकता तोरी र कोदोको मिसावट जस्तो भएकोले सो एकताले देश समृद्धिको दिशामा नजाने बताएका छन । संघीय समाजवादी फोरमको भातृ संगठन नेपाली संघीय समाज अमेरिका र नयाँ शक्ति पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजले अमेरिकाको बोष्टनमा आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै नेता राईले माओवादी र एमालेको एकतालाई कोदो र तोरीको मिसावटसंग तुलना गर्दै व्यांगात्मक पारामा कोदोबाट रोटी ढिंडो तथा जाँड बनाउन सकिने तोरीबाट तेल निकाल्न सकिएपनि दुवैको मिसावटले केही ननिस्कने दावी गर्दै मुलुकलाई नयाँ दिशा अब नयाँ शक्ति पार्टीसंग एकता भएको समाजवादी पार्टी नेपालले दिने दावी गरे । नेता राईले नेपालको सम्बिधानमा मौलिक हक सम्बन्धि प्रावधानहरु अत्यन्तै राम्रा भएपनि भाषा र धर्म र पहिचानको सवालमा अझैपनि विभेदहरु रहेकोले त्यसको निराकरण गर्न समाजवादी पार्टी लागी पर्ने जिकिर गरे । समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीसंग समझदारी गरी सरकारमा गएकोले यदि पालना भएन भने सरकार छोड्ने चेतावनी दिए ।

समाजवादी पार्टीकि केन्द्रिय सदस्य शुसिला श्रेष्ठले विदेशमा बस्ने नेपालीहरुको आवाजलाईपनि सम्बोधन हुनुपर्ने बताइन । सो भेलामा एनआरएन अमेरिकाका पूर्व सभापति शिवकुमार राई, नेपाली समाज न्युयोर्कका महासचिव लोक चेम्जोङ, सदस्य केशवराम राई लगायतले सम्बोधन गरेका थिए । सो भेलाले न्यु हेम्प्सायर, म्यासाच्युसेट्स, कनेक्टिकट, भर्मन, मेन लागयत पाँचवटा राज्य समेटेर समाजवादी पार्टीको संगठन विस्तार गरिएको छ । सुरेश चाम्लिङको अध्यक्षतामा गठन गरिएको समितिको महासचिवमा दिपक डंगोेल, उपाध्यक्षमा प्रकाश परियार, सचिव शेखर राई तथा सदस्यहरुमा चन्द्र राई, गीता श्रेष्ठ र भरत देवान लगायत रहेका छन ।


६ श्रावण २०७६, सोमबार ०३:४१ मा प्रकाशित