मेसीमाथी लाग्यो तीन महिनाको प्रतिबन्ध अपिल गर्न एक हप्ताको समय

दूरबिन नेपाल     १८ श्रावण २०७६, शनिबार २१:०२    

जाङ्बु शेर्पा, दूरबिन नेपाल अगष्ट ३

फुटवलका जादुगर अर्जेन्टिनाका लियोनल मेसीमाथी तीन महिनाको प्रतिबन्ध लागेको छ । तीन महिनासम्म मेसीले कुनैपनि अन्तर्राष्ट्रिय फुटवल खेल्न पाउने छैनन । कोपा अमेरिका फुटवल अन्तर्गत अर्जेन्टिना र चिलीबिच तेस्रो स्थानको लागि भएको खेलमा रेड कार्ड पाएपछि मेसीले कोपा अमेरिका फुटवल प्रतियोगिता नै भ्रष्ट भएको टिप्पणी गरेका थिए । मेसीले कोपा अमेरिका फुटवल प्रतियोगिता ब्राजिललाई जिताउन डिजाइन गरिएको आरोपपनि लगाएका थिए । ब्राजिलसंग दुई शुन्यको हार ब्यहोरेपछि अर्जेन्टिनी फुटवल संघले रेफ्रिको गम्भीर त्रुटीका कारण पराजित भएको गुनासो समेत गरेको थियो । दक्षिण अमेरिकी फुटवल संघले मेसीले संघको प्रतिष्ठामाथी नै आँच पु¥याएको भन्दै छानविन शुरु गरेको थियो । मेसीले अव तीन महिनासम्म मैदान बाहिर बस्नुपर्नेछ भने ५० हजार जरिवाना पनि तिर्नुपर्नेछ । तर सो निर्णय विरुद्ध मेसीले एक हप्ताभित्रमा अपिल गर्न सक्नेछन । प्रतिबन्ध कायम रहे सेप्टेम्बर र अक्टोबरमा हुने चिली र जर्मनीसँगको मैत्रीपुर्ण खेल मेसीले गुमाउने छन ।
एजेन्सीको सहयोगमा


१८ श्रावण २०७६, शनिबार २१:०२ मा प्रकाशित