दीपिका र इरफानको फिल्म सुटिङ नेपालमा

दूरबिन नेपाल     २१ माघ २०७४, आईतवार ००:३५ | ३०५ पटक पढिएको

सुरजित सिरकार निर्देशित कमेडी ड्रामा पिकुमा स्क्रिन सेयर गरेको तीनवर्षपछि दीपिका पादुकोण र इरफान खानले पुनः टीमअप गर्ने भएका छन् । विशाल भारद्धाको अनटाइटल प्रोजेक्टमा यी दुई पुनः देखिन लागेका हुन् ।
भारद्धाज, टी सिरिज र कृ एरेज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो फिल्म मार्चदेखि छायाङ्कनमा जाँदैछ । हनी तेरहानले फिल्म निर्देशन गर्ने जनाइएको छ ।
कृ अर्ज इन्टरटेनमेन्टकी प्रेरणा अरोराका अनुसार अहिले प्रिप्रोडक्सन भैरहेको छ र आगामी मार्च ५ (फागुन २१)मा नेपालमा छायाङ्कन सुरु हुँदैछ । सुटिङ सुरु हुन अगाडि आगामी साता इरफान र विशालबिच तयारीबारे छलफल समेत हुँदैछ ।
माफिया रानी नामले चिनिने सपना दिदी अर्थात राहिम खानको जीवनमाथि सिनेमा बन्न लागेको हो । हुसेन जैदीको पुस्तक क्वीन्स अफ मुम्बईबाट फिल्म एडप्ट गर्न लागिएको हो ।
फिल्म बायोपिक नभएको जनाइएको छ । बदलाको कथा समेटिएको फिक्सनल थ्रीलर भएको उल्लेख छ । रोचक कुरा त, सलमान खान नेपाली आउनु तीन दिनअघि दीपिका आउन लागेकी हुन् ।


२१ माघ २०७४, आईतवार ००:३५ मा प्रकाशित