अमेरिकामा आइसिइले पक्राउ गरेका केहीलाई छोड्यो

दूरबिन नेपाल     २४ श्रावण २०७६, शुक्रबार १८:१४    

अमेरिका ।

आइसिइले मिसिसिपि राज्यमा इतीहासमै सवैभन्दा धेरै ६ सय ८० कागजपत्रविहिन आप्रावासीलाई अध्यागमन अदालतको वारेन्ट सहित पक्राउ परेको दावी गरेपनि विहिवार केही दर्जनलाई रिहा गरेको समाचार एजेन्सि एपिले जनाएको छ ।

यद्यपि पक्राउ परेकालाई कुन सर्तमा रिहा गरिएको वारे आइसिइले केही खुलाएको छैन । साथै पक्राउ परेको कतीलाई देश निकाला गरिने भन्ने पनि केही खुलाएको छैन ।

अधिकारीहरुले भने गर्भवती महिला र यस अघि अध्यागमन कानुनको पालना गरेको आधारमा छोडीएको वताएको छ ।

यता मिसिसिपि मेयर चोकवे लुमुम्वाले आइसिइको छापा अमानविय तवरले भएको वताएका छन ।

आइसिइको पक्राउ पश्चात धेरै वालवालिकाहरु विचल्लिमा परेका थिए भने कतीपयले रातभर रुदै अभिवाभकको पर्खाइमा रात कटाएका थिए ।


२४ श्रावण २०७६, शुक्रबार १८:१४ मा प्रकाशित