रियल मड्रिड टिममा फर्के ग्यारथ वेल

दूरबिन नेपाल     २७ श्रावण २०७६, सोमबार २०:१४    

अमेरिका, अगष्ट १२ । वेल्सका स्टार स्ट्राइकर ग्यारेथ बेललाई रियल मड्रिडले सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा मौका दिइएको छ । आइतबार राति भएको रोमा  बिरूद्दको खेलमा ग्यारेथ बेल मड्रिड टोलीमा अटाएका हुन् । उनी खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

 

यद्यपि उक्त खेलमा मड्रिड रोमासँग ५–४ को अन्तरले विजयी भएको थियो । प्रशिक्षक जिदान  र केही नयाँ खेलाडीको आमगन पश्चात पनि रियल म्याड्रिनको प्रि सिजनमा खासै सफलता भने हासिल गर्न सकेनन ।

 

ग्यारेथ बेललाई बेच्ने निर्णय गरिसकेको मड्रिडले अन्तिम समयमा चाइनिज सुपर लिग क्लबलाई नवेच्ने निर्णयमा पुगेको थियो । बेलले सिजनको सुरुवातमा भएका कैयौं मैत्रीपूर्ण खेल खेल्न पाएनन्।प्रशिक्षक जिदानले बेललाई क्लबले बेच्ने भएकाले उनलाई टोलीमा नराखेको बताएका थिए। तर केही समययता मड्रिडले बेलसँग राम्रो व्यवहार गरिरहेको छ। पहिले बेल आफ्नो टोलीमा उचित खेलाडी नभएको प्रतिक्रिया जनाउने जिदान समेत यतिबेला मौन छन् ।

 

मार्को आसेन्सिया प्रि–सिजनको खेलमा गम्भीर घाइते भएयता मड्रिडले बेल फकाउने प्रयास जारी राखेको छ।

एजेन्सीको सहयोगमा


२७ श्रावण २०७६, सोमबार २०:१४ मा प्रकाशित