लाम्पार्डको चेल्सि पहिलो खेलमा नै म्यान – यु सँग ४–० ले पराजित

अमेरिका, अगष्ट १२ । नयाँ सिजन सँगै इंग्लिश फुटबल क्लव चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त फ्राङ्क लाम्पार्टको टिम पहिलो खेलमा नै हार स्वीकार्न बाध्य भएको छ ।
आइतवारको खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित भयो । म्यान युको घरेलु मैदान ओल्ड ट्राफोटमा भएको खेलमा १८ औं मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टी मार्फत् गोल गरेका थिए। चेल्सीका कर्ट जुम्माले फाउल गरेपछि म्यान युले पेनाल्टी पाएको थियो।
पहिलो हाफमा एक शून्यले पछि परेको चेल्सी दोस्रो हाफमा पनि लयमा आउन सकेन । एन्थोनी मार्शलले आन्द्रेस पेरेइराको क्रसमा अर्को गोल गरे। त्यसको दुई मिनेटमै रासफोर्डले गोल गरेर चेल्सीलाई ३-० ले पछि पारे।
दोसो हाफमा वैकल्पिक खेलाडीकोरुपमा मैदान प्रवेश गरेका डेनियल जेम्सले खेलको ८१ औं मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई ४ – ० को अग्रता दिलाए। पहिलो खेलमै फराकिलो अन्तरमा पराजय भोगेका प्रशिक्षक लाम्पार्डले टिम राम्रो भए पनि व्यक्तिगत कमजोरीको हार बेहोर्न परेको प्रतिक्रिया दिए ।
प्रिमियर लिग अन्तर्गत आइतावार भएको अर्को खेलमा आर्सनलले न्यू क्यासेललाई १-० ले पराजित गरेको छ । आर्सनलको
लागि एक मात्र गोल वामियाङले गरेका थिए ।
२७ श्रावण २०७६, सोमबार २०:४६ मा प्रकाशित