सारा अलिखानलाई सरप्राइज दिन कार्तिक पुगे बैंकक

अमेरिका, अगष्ट १२ । पछिल्लो समयमा नायक कार्तिक आर्यन र नायिका सारा अलिखान बिचको सम्वन्धले वलिउडमा प्रेमील गर्मी वढेको छ ।
सुरुमा गुपचुप एकले अर्कालाई भेट्दै आएका कार्तिक र सारा अहिले भने खुलेरै प्रेम प्रर्दशन गरिरहेका छन । एकातिर साराको जन्मदिन अर्कोतिर मूश्लिमहरुको पर्व इद कार्तिकले मौका छोड्ने कुरै भएन ।
लखनउमा सुटिङमा रहेका कार्तिक बैंककमा सुटिङकै क्रममा रहेकी सारालाई भेट्न एक्कासी पुगेपछि दुवैको सम्वन्धको खुलासा भएको छ ।
कार्तिकले पनि बैककबाटै आफ्नो इन्स्टामा सारासँगको तस्विर पोष्ट गरेपछि वलिउड वजार तातेको छ । दुवैको जोडीलाई इम्ति अजलिद्धारा निर्देशित लभ आजकलमा चाडै नै देख्न सकिनेछ ।
२७ श्रावण २०७६, सोमबार २१:०२ मा प्रकाशित