अमेरिकाको टेक्सास स्थित लवकमा दुई महिने नेपाली भाषा पाठाशाला सम्पन्न

दूरबिन नेपाल     २७ श्रावण २०७६, सोमबार २१:५७    

 

अमेरिका, अगष्ट १२ ।  टेक्सास स्थित लवक नेपाली समाजले बालबालिकाको निम्ति ग्रिष्मकालिन विदाको उपयोग गर्दे आयोजना गरेको दुई महिने नेपाली पाठशालाको आइतावार एक कार्यक्रमका विच समापन गरेको छ ।

 

जुन १६ मा आरम्भ भएको पाठशालाले अमेरिकामा नै हुर्केका नेपाली
वालवालिकालाई नेपाली भाषा,कला र संस्कृतीको सम्वन्धमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको नेपाली समाजका अध्यक्ष डा. प्रकाश श्रेष्ठले वताए ।

कार्यक्रमलाई समाजका उपाध्यक्ष एवं पाठाशाला संयोजक हरि वञ्जाराले सञ्चालन गरेका थिए । सो अवसरमा पाठशाला सञ्चालनको क्रममा भएका आर्थिक बिवरण प्रस्तुत गर्दै उनले सहयोगि सबैलाई धन्यवाद दिए ।

पाठशालाको निम्ति पाठ्यक्रमको संयोजन समाजका पूर्व अध्यक्ष डा.माधव पाण्डेले गरेका थिए । भाषा र संस्कृति तर्फको संयोजन प्रमोद घिमिरेले गरेका थिए ।

 

लवकमा नेपाली पाठशालाको इतिहास र निरन्तरतामाथि प्रकाश पार्दे समाजकै पूर्व अध्यक्ष रेशम घर्तीमगरले भाषा र संस्कृति जस्तो महत्वपूर्ण विषयलाई अहिले देखि नै सञ्चार गराएमा त्यसले भविष्यमा संस्कृतिको जगेर्ना गर्नमा टेवा पुग्ने वताउए । उनले यसको निरन्तरतामा पनि जोड दिए ।

कक्षा सञ्चालनको दुई  महिने अवधिभर अध्यापनको जिम्मेवारी प्रज्ञा लम्सालले गरेकी थिइन । कक्षाले आफूहरुमा नेपाली भाषाको ज्ञानको साथै संस्कृति  र  अन्तरक्रियात्मक विकास गरेको प्रशिक्षणार्थी प्रसंशा घिमिरेले बताइन ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले सहभागी सवैलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रम समापान लगत्तै नेपाली समाजले वनभोजको आयोजना समेत गरेको थियो ।

पाठशालामा १९ जना बालबालिकाको सहभागिता रहेको थियो ।पछिल्लो समयमा नेपालीहरुको बाक्लो बसोबास रहेका टेक्सास, क्यालिफोर्निया, कोलोराडो,न्यूयोर्क, बाल्टिमोर लगायतका राज्यहरुमा  बालबालिकाहरूका  निम्ति नेपाली भाषा कक्षाहरु सञ्चालन हुदै आएका छन ।


२७ श्रावण २०७६, सोमबार २१:५७ मा प्रकाशित