टेक्ससः आइसीइको कार्यालयमा आक्रमण आक्रमणकारी नियन्त्रणमा

जाङबु शेर्पा     २८ श्रावण २०७६, मंगलवार २३:०२    

 

जाङ्बु शेर्पा, दूरबिन नेपाल
अमेरिकाभरी आइसीइको छापा तिब्र भइरहेकोबेला टेक्ससको सान एन्टानिओमा आइसीइको कार्र्यालयमा आक्रमण भएको छ । बिहान तीन बजेको समयमा भएको आक्रमणबाट कार्यालयमा सामान्य क्षति भएको छ । आक्रमणकारी एकजनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अनुसन्धान भइरहेकोले नियन्त्रणमा रहेका आक्रमणकारीको परिचय खुलाइएको छैन । सान एन्टानिओका प्रहरीले स्थानीय समाचार च्यानललाई जानकारी दिएअनुसार बिहान तीन बजेतिर भएको आक्रमणबाट कार्यालयको झ्याल फुटेको छ । आक्रमणकारीको लक्ष्य के रहेको थियो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


२८ श्रावण २०७६, मंगलवार २३:०२ मा प्रकाशित