अमेरिकामा नेपाली भाषी एक महिलाको हातबाट पड्किएको बन्दूकको गोलीले श्रीमानको निधन

दूरबिन नेपाल     २८ श्रावण २०७६, मंगलवार २३:४४    

अमेरिका, अगष्ट १३ । प्रविधिको बारेमा पूर्ण जानकारी नभई चलाउन खोज्नु कहिलेकाही कति भारी पर्छ भन्ने उदाहरण अमेरिकामा नेपालीभाषीको परिवारमा परेको छ । बन्दूकका कारण  अमेरिकाको ओहायोमा एक नेपाली भाषीको दुखद निधन हुन पुगेको छ । 

बन्दूकलाई चिन्न नसक्दा तथा खेलाची गर्दा शनिवार ओयाहोमा नेपालीभाषी भुटानी परिवारमा अकल्पनीय दुखद घटना हुन पुग्यो । एक महिलाले बन्दूक सक्कलि हो कि नक्कलि भनेर हातमा लिदा लिदै पड्किएर आफ्नै हातबाट श्रीमानको निधन हुन पुग्यो । 

 

स्थानीय समाचारहरुलेपनि घटना झुक्किएर भएको जनाएका छन भने आफन्तहरुलेपनि सोही कुरा बताएका छन । आरोपी नेपालीभाषी भुटानी महिलाले आफन्तसँग रहेको बन्दूकलाई खेलौना सम्झिइ चलाउँदा उनका श्रीमान टीका कट्टेलको टाउकोमा गोली लागेको थियो ।

 

घटना यसरी भयो

 

मृतक ५७ बर्षीय टिका कट्टेलकी बिमारी आमालाई भेटन शनिवार ओहायो राज्यको फेयरफिल्डस्थित सिग्मण्ड वे मा रहेको उनको घरमा अन्य आफन्तहरुपनि भेला भएका थिए । सोही बेला बिरामी भेटन आएका आफन्तको गोजीमा रहेको बन्दूक बसेको स्थानमा खस्यो । सोही बन्दूकलाई हत्याको आरोपी तथा मृतककी पत्नी ४३ बर्षीया सुभा कट्टेलले देखिन । सुभाले बन्दूक धनीसँग खेलौना हो वा साँच्किकै हो भनेर सोधीन तर दुर्भाग्य त्यसबारे बारेमा भन्न नपाउंदै अकस्मात बन्दूकको ट्रिगर दब्यो अनि गोली उनको श्रीमानको टाउकोमा लाग्न पुग्यो ।

गोली लागे तत्कालै एअर एम्बुलेन्सबाट युनिभर्सीटी अफ सिनसिनाटी मेडिकल सेन्टरमा लगिएको थियो । घाइतेको सोमबार मृत्यु भएको थियो । आरोपी कट्टेललाई अदालतमा पेश गरिएपछि तारिखमा छोडिएको छ । तर उनी घरमै अनुसन्धानमा रहनुपर्ने र ओहायो राज्यबाट बाहिर जान नपाउने आदेश अदालतले दिएकोे छ । कट्टेल परिवार नेपालको भुटानी शरणर्थी शिविरबाट सन २००९ मा अमेरिका आएपछि न्यु हेम्प्सायरमा बसेको थियो भने दक्षिणी ओहायोमा सन २०१६ मा सरेको सरेको थियो ।

कट्टेलको मृत्युप्रति सिनसिनाटी भुटनीज कम्यनिटीले गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारणको प्रार्थना गरेको छ भने मृतकको आत्माको शान्तिको कामना गरेको छ । बुधबार १२ बजेदेखि २ बजेसम्ममा अन्त्यष्टि गरिने बताइएको छ । श्रद्धान्जली तथा अन्त्यष्टि हुने स्थान ४३८९ स्प्रिङ ग्रोभ एभेन्यु सिनसिनाटी ओएच ४५२२३ बताइएको छ ।

(अपडेट गरिएको )


२८ श्रावण २०७६, मंगलवार २३:४४ मा प्रकाशित