किन रिसाए अष्ट्रेलियाली प्रधानमन्त्री ?

सिड्नी, २८ साउन –
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनप्र्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गर्नुभएको छ । प्लाष्टिकको पुनप्र्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उहाँ रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रेलियाबाट हरेक बर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उहाँले बताउनुभयो । “फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको उहाँले बताउनुभयो । रासस-सिन्ह्वा
२९ श्रावण २०७६, बुधबार २२:१३ मा प्रकाशित