लिभरपुलले जित्यो इङ्ग्लिस सुपर कप चेल्सी टाइब्रेकरमा पराजित

जाङबु शेर्पा     २९ श्रावण २०७६, बुधबार २३:२४    

जाङ्बु शेर्पा, दूरबिन नेपाल
सिजनको सुरुवातमै इङग्लिस क्लब लिभरपुलले सुपर कपको उपाधी हात पारेको छ । टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न खेलमा चीर प्रतिद्वन्दी चेल्सीलाई टाइब्रेकरमा ५–४ ले हराउंदै इङग्लिस सुपर कप विजेता बनेको हो । खेलको शुरुदेखिनै इङलिस लिजेण्डस लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीका ओलिभर जिरुर्डले ३८ औ मिनेटतमा अग्रता दिलाए । दोस्रो हाफको ४८ औ मिनेटमा लिभरपुलका साडियो मानेले गोल गर्दै खेललाई बराबरी बनाए । निर्धारित समयमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको ९५ औं मिनेटमा फेरी मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि लिभरपुलका गोलरक्षक एण्डी लोनरगनले चेल्सीका हर्डसन एडोइलाई फल गरेपछि पाएको पेनाल्टीमा चेल्सीका जोर्जियोले सुन्दर गोल गर्दै खेललाई बराबरी बनाए । अतिरिक्त समयमापनि खेल एक एक गोलको अवस्थामा रहेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । टाइब्रेकरमा चेल्सीका हर्डसन एडोइको प्रहार लिभरपुलका गोल रक्षकले रोकेपछि लिभरपुल उपाधी बिजेता बनेको हो । लाम्पार्डको प्रशिक्षणमा चेल्सीको यो लगातार दोस्रो पराजय हो । लिभरपुलले जुनमा नै च्याम्पियन लिगको उपाधि जितेको थियो ।


२९ श्रावण २०७६, बुधबार २३:२४ मा प्रकाशित