युइएफए बर्ष खलाडीमा फेरी मेसी वा रोनाल्डो ? लिभरपुलका भर्जिल भान डिज्कको सम्भावनापनि उत्तिकै

दूरबिन नेपाल     ३० श्रावण २०७६, बिहीबार २२:०९    

जाङ्बु शेर्पा, दूरबिन नेपाल
युइएफए बर्ष खेलाडी अन्तर्गत पुरुष तर्फको अन्तिम सूची सार्वजनिक भएपछि फेरी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी तथा जुभेन्टसका पोर्चुगिज स्ट्राइकर क्रिश्चियानो रोनाल्डोविचमा प्रतिष्पर्धा हुने भएको छ । यद्यपि यूइएफए बर्ष खेलाडीको पहिलो तीन नम्बरमा लिभरपुलका रक्षक भर्जिल भान डिज्कपनि नोमिनेसनमा परेका छन । अधिकांश समय मेसी र रोनल्डोका विचमा प्रतिष्पर्धा हुंदै आएकोमा यसपाली लिभरपुलका भान जिज्क छानिएपनि आश्चर्य नहुने फुटवल विष्लेशकहरुले बताएका छन । यसपालीको नोमिनेशनमा मोहम्द सलह, साडियो माने र हालैमात्र रियल मड्रिडमा आवद्ध इडन हजार्ड भने अन्तिम दशको सूचीमै पर्न सकेनन । युइएफए पुरुष बर्ष खेलाडीको घोषणा अगष्ट २९ तारिखमा मोरक्कोमा गरिनेछ ।


३० श्रावण २०७६, बिहीबार २२:०९ मा प्रकाशित