हवाई कारबाहीमा बीस तालिवानको मृत्यु

दूरबिन नेपाल     ५ भाद्र २०७६, बिहीबार १३:५९    

 मजार इ सरिफ, ५ भदौ : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा २० जना तालिवान लडाकूको ज्यान गएको छ ।

 

अफगानिस्तानको हवाई सैन्य बलले सो कारवाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । त्यस क्षेत्रमा तालिवानको वस्ती रहेको सूचनाका आधारमा ती तालिवानमाथि हमला भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

उक्त क्षेत्रमा रहेको तालिबानहरुको आश्रयस्थलका साथै उनीहरूका अन्य आवश्यक सामग्रीहरू पनि सो कारबाहीका क्रममा नष्ट गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

 

अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिबानहरुको सबैभन्दा धेरै तालिबानहरुको प्रभाव रहेको क्षेत्रमा पर्ने गर्दछ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारबाही गर्ने गरेको छ ।

(रासस ÷सिन्ह्वा)

–––


५ भाद्र २०७६, बिहीबार १३:५९ मा प्रकाशित