नेकपा सचिवालय बैठक : ओली र नेपाल बीच भनाभन ‘तपाईको नियत थाहा छ, स्वास्थ लाभको शुभ-कामना चाहिँदैन’

दूरबिन नेपाल     ५ भाद्र २०७६, बिहीबार १८:३५    

काठमाडौं, ५ भदाैं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल सँग स्वास्थलाभको शुभ कामना लिन अस्वीकार गरेका छन् ।  स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अघि बसेको नेकपाको सचिवालय बैठकमा ओलीले आफ्नै पार्टीका नेता नेपाल माथि कटाक्ष पनि गरे ।

 

बैठकमा सहभागि एक नेताका अनुसार ओली र नेपाल बीच आपसमा भनाभन  भएको थियो । सवाल जवाफका क्रममा  रुष्ट देखिएका ओलीले नेपाल माथि आक्रोस पोखेका हुन् ।  सचिवालय बैठक शुरु हुना साथ अध्यक्ष ओलीले आज आफु स्वास्थ उपचारको लागि जानु पर्ने भएकाले अन्य धेरै विषयमा छलफल गर्न नभ्याउने भन्दै आफु नभए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक बोलाउन पाउने तर निर्णय गर्दा आफ्नो सहमति चाहिने बताएका थिए । उनले आवश्यक परेको बेलामा टेलीफोन सम्पर्कबाट पनि बैठकमा सहभागि हुन सक्ने धारणा राखेका थिए । ओलीको भनाई थियो निर्णय गर्दा सबैको सहमति आवश्यक हुन्छ ।

 

तर नेपालले यस अघि जसरी निर्णय गर्ने गरिएको थियो त्यसरी नै गर्नु पर्ने बताएका थिए । नेपालले आफु नभएको बेलामा पनि बैठक बसेर बहुमतको आधारमा निर्णय गर्ने गरिएको भन्दै अब त्यसै गर्नु पर्ने अडान राखेका थिए । नेपालले यस अघि आफुले असहमति राख्दा राख्दै पनि निर्णय भएको भन्दै अब किन सहमतिमा मात्र निर्णय गर्ने भनेर प्रतिप्रश्न गरे । नेता नेपालले केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र गौतमले सामाजिक सञ्जालमा  आफूविरुद्ध लेखेको भन्दै गौतम माथि कारवाहीकोे माग  समेत गरेका थिए । लगतै प्रधानमन्त्री ओलीले नेपाललाई ‘तपाईले पनि मेरा बिरुद्द बुधवार साप्ताहिकमा लेखाउनु भएको छ’  भनेका थिए ।

 

भनाभन चर्किदै जादा अर्का अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलले सहजता गर्न खोजेका थिए । त्यसै क्रममा महासचिव पौडेलले अध्यक्ष तथा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना र हाम्रो शुभकामना दिएर पठाऔं’ भन्ने प्रस्ताव राखेका थिए ।  उनले बैठक सञ्चालनका बारेमा छलफल गर्दै जाने बताएका थिए ।

 

सोही क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई तपाईले मेरो स्वास्थलाभको कामना गर्नु पर्दैन तपाईको के चाहान्नु हुन्छ भन्ने मलाई थाहा छ भनेका थिए । अघिल्लो दिन मात्र प्रधानमन्त्री ओलीले केही व्यक्ति आफ्नो मृत्युको प्रखाइमा रहेकाे तर त्यसो नहुने भन्दै अवको चुनावमा भिड्न आउन चुनाैती दिएका थिए ।

 

आफ्नो तेस्रो बरियता खोसिएपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका छन् । नेपालले  सचिवालय बैठकको पछिल्लो निर्णयमा असहमति जनाउँदै सातबुँदे नोट अफ डिसेन्ट दर्ता गरेका छन् ।


५ भाद्र २०७६, बिहीबार १८:३५ मा प्रकाशित