मेसी प्रशिक्षणमा फर्के, डेम्वेले र स्वारेज घाइते

दूरबिन नेपाल     ५ भाद्र २०७६, बिहीबार १८:५८    

अमेरिका, अगष्ट २२ । नयाँ सिजनको पहिलो दिनमा नै घाइते भएका बार्सिलोनाका स्टार लियोनल मेसी अभ्यासमा फर्किएका छन्। अभ्याससगै मेसी आइतावार हुने बार्सा र रियल वेटीसको खेलमा फर्कने आपेक्षा गरिएको छ ।

 

मेसीविना नै मैदानमा उत्रेको बार्सा टोली एटलेटिक वेल्वाओसँग १–० ले पराजित भएको थियो । गतहप्ता पिडौंलामा लागेको चोटका कारण मेसीले यस सिजनको एथ्लेटिको बिल्बाओविरुद्धको पहिलो खेल गुमाएका थिए।

वेल्वाओसँगको खेलमा ओसामाने डेम्बेले, लुइस सुआरेज र एन्टिनियो ग्रिजम्यानले बार्सिलोनाको अागाडिको मोर्चा  सम्हाले पनि
खासै लयमा भने आउन सकेनन ।

 

यता वेल्वाओसगको खेलमा टोलीका दुई महत्वपुर्ण सदस्य ओसामाने डेम्बेले, लुइस सुआरेज घाइते भएका छन । घाइते स्ट्राइकर दुवै कम्तिमा पाच हप्ता मैदान वाहिर रहने छ।

एकातिर मेसीको आगमनले प्रशिक्षक इनस्र्टो भेलभार्डेलाई राहत मिलेपनि अर्कोतिर दुई स्ट्राइकर घाइते भएपछि उनको तनाव वढाएको छ ।


५ भाद्र २०७६, बिहीबार १८:५८ मा प्रकाशित