एनआरएनएको महाधिवेशन १५ देखि १७ अक्टुबरमा काठमाडौंमा बिभिन्न नाम दिई बनाइएका समिति र कार्यदलहरुमा अमेरिकाबाट मात्र एक सय पचास भन्दा बढी व्यक्ति मनोनयन

अग्नि चौलागाई     ७ भाद्र २०७६, शनिबार १३:२७    

काठमाडौं, २४ अगस्ट । हरेक दुई बर्षमा हुने एनआरएनएको गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ यस बर्ष १५ देखि १७ अक्टुबरमा (आगामी असोज २८ देखि ३० गतेसम्म ) दशैँ र तिहारको बिचमा काठमाडौंमा हुन गैरहेको छ । संघको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो । महाधिबेशनले नयाँ कार्यकालको लागि संघका अध्यक्षलगायत अन्य पदाधिकारीको निर्वाचन गर्नेछ ।
नयाँ  नेतृत्वको लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नेक्रम समेत जारी छ । अध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष कुलमणि आचार्य र कुमार पन्तले आफ्नो उम्मेद्वारी सार्वजनिक गरिसकेका छन् । अमेरिकाबाट उपाध्यक्षमा रबिना थापा, महासचिवमा केशव पौडेल, सचिवमा गौरी जोशी लगायत एक दर्जन भन्दा बढीले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका छन् ।
चुनावी तयारी र एनआरएनएलाइ आफ्नो नियन्त्रण भित्र राख्नको लागि “अन्तरास्ट्रिय समन्वय परिषदका बिभिन्न समिति, उपसमिति तथा कार्यदलका बहालवाला सदस्यहरुलाई रास्ट्रीय समन्वय समितिका पुर्व पधाधिकारी र लामो समय देखि एनआरएनए अभियानमा लाग्ने भन्दा अगाडी राखिएको छ । बिभिन्न नाम दिई बनाइएका समिति र कार्यदलहरुमा अमेरिकाबाट मात्र एक सय पचास भन्दा बढी व्यक्ति मनोनयन गरिएको छ । अमेरिका जस्तै अन्य देशबाट समेत यस्ता समितिहरुमा आफु अनुकुलका मानिस राखी पुर्व तयारी गरेको देखिन्छ। केन्द्रले एनसीसीलाइ योगदानको आधारामा प्रतिनिधि छानेर ल्याउने आधार भन्दा आफुले भर्ति गरेका मानिस प्रतिनिधिको रुपमा ल्याई चुनावी परिणाम आफु अनुकुल पार्न खोजेको देखिन्छ ।
महाधिबेशनमा भाग लिने प्रतिनिधिहरुको छनौटको लागि एनसीसीको साधराण सभाहरु हुने क्रम जारी छ । अमेरिका र क्यानडाको साधारणसभा सम्पन्न भैसकेको छ भने प्रतिनिधि छान्ने क्रम जारी छ ।
अमेरिकाज क्षेत्रबाट अमेरिका, क्यानाडा, ब्राजिल र चिली गरि चार देशका प्रतिनिधिले महाधिबेशनमा भाग लिने छन् ।
 प्रतिनिधि छान्ने सम्बन्धि ब्यबस्था गरिएको भाग;


७ भाद्र २०७६, शनिबार १३:२७ मा प्रकाशित