इंङलिस प्रिमियर लिग : चेल्सिलाई राहत म्यानयुलाई धक्का

दूरबिन नेपाल     ७ भाद्र २०७६, शनिबार १८:२१    

अमेरिका, अगष्ट २४ । इंङलिस प्रिमियर लिग अन्तर्गत केही समय अगाडि सम्पन्न खेलमा चेल्सीले नोरवीचलाई ३–२ गोल अन्तरले हराएको छ ।

 

चेल्सिले खेलको तेस्रो मिनेटमा नै पिलिकुइटाको पासमा टि एव्राहमको गोल मार्फत अग्रता लिएको थियो । त्यसको तीन मिनेट पछि नै नोरवीचले गोल फर्काउदै खेल बराबरीमा ल्यायो । पुकीले गोल गरेका थिए ।

 

१७ औ मिनेटमा पुन चेल्सिले अग्रता लियो । यस पटक माओन्टले गोल गरे । ६८ औ मिनेटमा टि एव्राहमले चेल्सिका लागि तेस्रो गोल गरे । इंङलिस प्रिमियर लिगमा प्रशिक्षक फ्रयाङ्क लाम्पार्डको पहिलो जित हो ।

 

यता आजै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडलाई क्रिष्टल प्यालेसले २-१ गोल अनेतरले पराजित गरेको छ । क्रिष्टल प्यालेसको निम्ति जे आयस र आन होल्टले गोल गरेका थिए । म्यानयुका लागि यूनाइटेडको निम्त एक मात्र गोल ड्यानियल जेम्सले गरेका थिए ।

 

म्यानयुले ८२ प्रतिशत बल नियन्त्रणमा राखेपनि जित निकाल्नवाट भने चुक्यो ।


७ भाद्र २०७६, शनिबार १८:२१ मा प्रकाशित