लिभरपूलसग हार्‍यो आर्सनल 

दूरबिन नेपाल     ७ भाद्र २०७६, शनिबार २१:२४    

 

   इंङलिस प्रिमियर लिगमा दुई खेलमा अपराजित आर्सनलको विजयी यात्रालाई लिभरपुलले रोकिदिएको छ । जितसँगै योगेन क्लबको लिभरपुलले विजयी यात्रालाई कायमै राखेको छ ।

आज भएको खेलमा आर्सनललाई लिभरपुलले ३–१ अन्तरले पराजित गरेको छ । लिभरपुलले ४१ औँ मिनेटमा मिडफिल्डर मातिपको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफ सुरु भएको ३ मिनेटमा यसै सिजन चेल्सीबाट आर्सनलमा गएका व्रँजिलियन रक्षक डेभिड लुइसले फल गरेपछि पाएको पेनाल्टीलाई मोहम्मद सल्लाहले गोल गरेका थिए । ५८ औँ मिनेटमा सल्हाहले नै अर्को गोल थप्दै लिभरपुललाई थप अग्रता तर्फ डोर्याए ।

आर्सनलको निम्ति एक मात्र गोल एल टोरेराले गरेका थिए । जीतसँगै लिभरपुलको जम्मा ९ अङ्क जोड्दै प्रिमियर लिगको शीर्ष स्थानलाई कायम राख्न सफल भएको छ ।

प्रिमियर लिगमा आजै भएको खेलमा साउथम्टन, लेष्टर सिटी,वेस्ट ह्याम विजयी भएका छन् ।


७ भाद्र २०७६, शनिबार २१:२४ मा प्रकाशित