लाडोइडले रोक्यो रियल म्याड्रिडलाई

दूरबिन नेपाल     ७ भाद्र २०७६, शनिबार २१:३८    

      स्पेनिस ला लिगा अन्तरगत आज भएको खेलमा भलाडोइडले रियल म्याड्रिडलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।

रियलको निम्ति खेलको ८१ मिनेटमा राफेल भरानको पासमा करिम वेञ्जमाले गोल गर्दै अग्रता दिलाएपनि रियलले आºनो रक्षापंत्तिलाई सम्हाल्न नसक्दा ८८ औ मिनेटमा भलाडोइडका
एस.गोर्डीओलाले गोल गर्दे बराबरीमा पु¥याएका थिए ।

आजको खेलमा जीदानले यसै सिजन वायर्नवाट फर्केका जेम्स रोड्रिग्रेजलाई मौका दिइएको थियो । नैमार भित्राउने अन्तिम कसरतमा रहेका रियलले पिएसजिलाई रियल किपर किलर नाभास, बेल र रोड्रिगेजसगै एक मिलियनको प्रस्ताव राखेको स्पेनिस मिडियाहरूले जनाएको छ ।

ला लिगाको आज भएको खेलहरूमा सेल्टा भिगोले भ्यालेन्सियालाई हराएको छ भने ओसासुना र इल्भर तथा एट्लेटिक विल्भाओ र गेटाफेले पनि बराबरीमा टुङ्गाएको छ ।


७ भाद्र २०७६, शनिबार २१:३८ मा प्रकाशित