सलमानले दिए सडक गायिका रानुदेवीलाई ५५ लाखको घर सलमानको ३१ बर्षीय बलिउड यात्रा

दूरबिन नेपाल     १२ भाद्र २०७६, बिहीबार ०२:०४    


जाङबु शेर्पा, दूरबिन नेपाल

बलिउड सुपरस्टार सलमान खानले अफ्नो बलिउड यात्रा ३१ बर्ष पुगेको अवसरमा गायिका रानुदेवीलाई ५५ लाखको घर उपहार दिएको घटना भाइरल बनीरहेको छ । रानुदेवी जसले बंगालको एक रेल्वे स्टेसनमा लता मंगेश्वरले गाएको एक गीत गाइन जुन समाजिक सञ्जालमा आएपछि चर्चित बनेकी थिइन । उनै रानूदेवीलाई घर उपहार दिएको घटनाले सलमान खानको प्रसंशा भइहेको छ । तर यो घटनाको आधिकारिक पुष्टि भने भइसकेको छैन । त्यतिमात्रै होइन लता मंगेश्वरले गाएको एक प्यारका नगमा है बोलका गीत भाइरल बनेपछि बलिउड गायक तथा नायक हिमेश रेश्मियाले आफ्नो आगामी चलचित्र ह्याप्पी हार्डर एण्ड हिरमा गाउने मौका दिएका छन । त्यस्तै सहलमानलेपनि आफ्नो आगामी चलचित्र द बङ्ग ३ र किक २ मा पनि गीत गाउने मौका दिएका छन । रानुदेवीले अफ्नो बस्ने घर नभएकोले रेलवे स्टेशनमै गुजारा चलाउने गरेको सार्वजनिक भएको थियो ।
चलचित्र “बिबि होतो ऐसा”मा सहायक भुमिका मार्फत बलिउडमा पाइला टेकेका सलिम पुत्र सलमान खानले रविना टंडन संग पहिलो सोलो चलचित्र “पथ्थर के फुल” खेले तर सो चलचित्र त्यति चलेन । तर राजश्री प्रोडक्सनको “मैने प्यार किया” मार्फत भने बलिउडमा स्थापित बन्न पुगे । त्यसपछि विभिन्न उतारचढाव झल्दै आएका सलमान खान पछिल्ला दश बर्षमा भने बलिउडका निर्विकल्प सुपरस्टार हुन ।


१२ भाद्र २०७६, बिहीबार ०२:०४ मा प्रकाशित